४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर र पुर्व कप्तान समेत रहेका पारस खड्काले टी-२० लिगमा टीम अबुधाबीको नयाँ भूमिकाबाट आफू उत्साहित भएको बताएका छन्।
टीम अबुधाबीले शुक्रबार पारसलाई नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा नियुक्त गरेपछि पारसले शनिबार बिहान ट्वीट गर्दै यसबाट आफू उत्साहित रहेको र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न मद्दत गर्ने बताएका छन् ।
गर सिजन टीम अबुधाबीका लागि खेलेका पारस अब हुने टी-१० लिगका लागि मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ । उनले पहिलो पटक टिम अबुधाबी मार्फत नै विदेशी लिगमा सहभागिता जनाएका हुन्।
चौथो संस्करणको टी-१० लिग युएईमा आगामी वर्ष जनवरी २६ देखि फेब्रुअरी ६ सम्म हुनेछ । अबुधाबीले अहिलेसम्म रोहन मुस्ताफा, लुक राइट, अभिस्का फर्नान्डो र हाएडेन वाल्स जुनियरलाई टिममा रिटेन गरेको छ र क्रिस मोरिसलाई सिधै अनुबन्ध गरेको छ ।


