२०७२ सालमा भारतले गरेको नाकाबन्दीको सिधा जवाफ तत्कालीन प्रधानमन्त्री के पि ओलिले मोदिलाई दिएपछि भारत विभिन्न बहानामा नेपाललाई अप्ठ्यारोमा पार्दै आईरहेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरामा अहिले गरेको सिमा बिबाद पनि त्यसैको निरन्तरता हो। जबकी त्यो हाम्रो थियो, हाम्रो हो र हामी जुनसुकै मूल्य चुकाउनु परेपनी लिएरै छोड्ने हो त्यसका लागी अन्तर्राष्ट्रिय अदालतको सहारा लिनुपरे परेपनी लिन्छौं र सिमामा रगतको होलि खेल्नुपरेपनी खेलिन्छ हामी गोर्खा हौ लड्न हामिले पनि जानेको कुरा तिमिहरुलाई भनिरहनु पर्दैन होला।
तिमिहरुको देशको अस्मिता जोगाउन आजपनी नेपालिले ज्यान दिई रहेका छन, सीमामा सहिद भैइरहेका छन तर तिमिहरु तिनिहरुकै जमीनमा गिद्देनजर लगाएर बसेकाछौ ? तिनिहरुकै अस्मिता माथी खेल्न खोजिरहेकाछौ ? अमानबहरु थोरैपनि नैतिकता छैन ? तिमिहरुलाई जसरी लद्दाख, कस्मिर र चीन सङ्ग जोडिएको आफ्नो जमिन प्यारोलाग्छ त्यसैगरी हामिलाई पनि हाम्रो भूभाग प्यारो लाग्छ यो कुरा सबै भारतीयले भुझ्नु जरुरी छ, बिषेशगरी भारत सरकार र भारतीय मिडियाहरुले जो अनावसनाव बोल्दै आईरहेका छन।
भारतीय सेनाको चिफ मनोज नरभानेले दिएको अभिव्यक्ति आपत्तिजनक मात्रै हैन गैर जिम्मेवार पनि छ, वर्षौवर्ष गुलामिमा बिताएका पुर्बजको सन्तान भएर पनि हुनसक्छ त्यस्ले त्यस्तो बकवास गरेको। हामिले भारतलाई दिएको सम्मान हाम्रो कमजोरी नठानियोस र हामी बाध्य भएर पाकिस्तान श्रीलंका बन्ननपरोस हामी त्यो कामना गर्दै छौ अझै, हामी चाहन्छौ भारत र नेपालको सम्बन्धले नयाँ उचाई छाओस र हाम्रो ऐतिहासिक सम्बन्ध यथावत रहिरहोस म सम्पूर्ण नेपालिको तर्फबाट यहि कामना गर्न चाहन्छ। जय जय मातृभूमि !!
बचन बहादुर सिंह राष्ट्रीय युवा संघ