फागुन २०, काठमाडौं, । मंगलबार सुनको मुल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ३०० ले बढेर छापावाला सुन प्रतितोला रु ७८ हजार ३०० मा कारोबार भइरहेको छ । यस अघि सोमबार सुन प्रतितोला रु ७८ हजारमा कारोबार भएको थियो ।
महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७८ हजार कायम गरिएको छ । मंगलबार चाँदीको मूल्य भने स्थिर रहि प्रतितोला ८६० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।
प्रकाशित : २०७६ फाल्गुन २०, मंगलवार १५:१२ गते


