अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उपसचिव रिजाललाई नियन्त्रणमा लिएको हो ।
घुस लिएको आरोप लागेपछि निलम्बनमा परेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् ।
भ्रष्ट्राचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि रिजाललाई नियन्त्रणमा दिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रकाशित : २०७६ पुष १५, मंगलवार १८:०८ गते


