सातामै पाँच समूह पक्राउ ,वन्यजन्तुका ओसारपसार सम्बन्धी हब बन्दै काठमाडौं


वन्यजन्तुका ओसारपसार सम्बन्धी कारोबारमा काठमाडौं उपत्यका हब बन्दै गएको छ । एक सातामै पाँचवटा समूह पक्राउ परेका छन् । पछिल्लोपटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न चार समूहलाई पक्राउ गरेको छ । त्यस्तै, महानगरीय प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

विभिन्न किमिसका वन्यजन्तुका अंगसहित एक सातामा १४ जना समातिएका छन् । गत ६ पुसमा भाटभटेनी मन्दिरअगाडिबाट सालकको दुईवटा खपटासहित चारजना समातिएका थिए । ८ पुसमा भालुको पित्तसहित सुकेधाराबाट पाँचजनालाई सिआइबीले पक्राउ गरेको थियो ।

गत १० पुसमा चितुवाको छाला बेच्न खोज्ने तीनजना समातिएका थिए । ११ पुसमा सालकको खपटा बेच्न सिन्धुलीबाट आएका कर्णबहादुर सार्की समातिएका थिए । १३ पुसमा प्रहरीले सुनसरीका श्याम राईलाई कस्तुरीको बिनासहित चाबहिलको गणेशस्थानबाट पक्राउ गरेको थियो ।


प्रकाशित : २०७६ पुष १५, मंगलवार १७:५८ गते

धेरै पढिएको

ताजा समाचार