काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।
सोमबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा रु ८९० मा कारोबार भएको छ । सोमबार चाँदी तोलामा रु ८८५ रहेको थियो ।
नयाँ आर्थिक वर्ष सुरु हुँदा पाँच हजार रुपैयाँ भन्सार दर तोकिएको थियो भने गत असोजमा पुनः बढाएर छ हजार पाँच सय रुपैयाँ पुर्याइएको छ ।
प्रकाशित : २०७६ पुष १५, मंगलवार १४:१२ गते


