दिप पाण्डे(तिल्के)का तीन कविता !!


दिप pandey

दिप पाण्डे(तिल्के)

२०५५ साल फाल्गुन १८ गते पिता राम प्रसाद पाण्डे र माता टोपला देवी पाण्डेको कान्छो छोरोको रुपमा  दिप पाण्डे उर्फ दिप पाण्डे तिल्के कालीगण्डकी ३,स्याङ्जामा जन्मिएका हुन् !  बुटवल बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो बर्ष
,कमर्स सङ्काय अध्ययनरत तिल्के साहित्यमा गहिरो रुची राख्दछन् ! प्रस्तुत: छ उहाँसंग गरिएको कुराकानीको संक्षिप्त अंश:-

“सबै साहित्यमा देश अट्नु पर्छ भन्ने लाग्दैन मलाई। साहित्य भनेको स्वतन्त्र हुन्छ।”
जीवन संघर्षको – अर्को पर्यावाची शब्द कविता हो, भन्ने गर्दछन कविहरु । तपाईं के भन्नू हुन्छ ? तपाईंको लागि कविता के हो ? कवितालाई कसरी अर्थाउनु हुन्छ ?
कविता मात्र जीवनको संघर्ष होइन । बरु एक जीवन कविताको खिचडी हो भन्ने लाग्छ । मेरो लागि कविता भावना हो। केही विषयका आधारमा बिम्बात्मक तरीकाले आफ्नो भावना राख्नु कविता हो भन्ने सोच्छु म चाहिँ ।
एकातिर कवितामा समाज र समय लेखिनुपर्छ भन्नेहरुको बाक्लो भिड छ । उसो त नेपाली समाज सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक तथा जातिगत र संस्कारगत हिसाबले यति सार्हो चिरिच्याट्ट पनि छ । फेरि नेपाली साहित्य चाहिँ किन चिरिच्याट्ट नदेखिएको ? नेपाली साहित्य भित्र नेपाल अट्न नसक्नुको कारण के हुनसक्छ ?
यसो त साहित्य लाई एउटा व्यवसाय बनाउनाले पनि यस्तो भएको भन्ने लाग्छ । सबै साहित्यमा देश अट्नु पर्छ भन्ने लाग्दैन मलाई। साहित्य भनेको स्वतन्त्र हुन्छ। साहित्य भित्रका विधाअनुसार, नियमअनुसार नजानाले साहित्यको भद्रगोल भएको हो।
एक पक्ष भन्छन, “सामाजिक जिवनको एउटा कमजोर र अव्यावहारिक मान्छे कवि हो ।” अर्को पक्ष पनि छन, कवि एक अहमवादी मान्छे हो ।” साच्चै कवि को हो ? तपाईं कविता लेखिरहनु भएको छ, तपाईंलाई कसैले केही त्यस्तो भनेका छन र? कवि को हो त तपाईंको विचारमा ?
हर मानव कविता हो। आफैमा कविताको परिभाषा हो। शब्द कोर्न सक्नु, उतार्न सक्नु उस्को अहमवाद पनि हो!! म कविता लेखिरहेको नै छु। लेख्ने क्रममा मलाई साहित्य विधालाई बिज्ञानसंग दाज्दै प्रस्न सोधिए पनि। म भन्छु, कवि पनि वैज्ञानिक हो। उस्ले आफ्नै अनि भिन्नै किसिमको कविता प्रतिपादन गर्छ जो पहिले कसैले गरेको थिएन ।
धन्यवाद !

 प्रस्तुत: छ उहाँको तीन कविता:-


 

जग्गा बिक्रीमा छ  दिप पाण्डे(तिल्के) 

समाएर बज्यैको हात

दिएनन् कैले बाजेले गुलाबको फुल,

बरु समाएर बज्यैको काध

कयौं पटक तरेपछी कन्दराहरु

अनि पो जन्मिएका हुन ,

तिम्रो पाउ मुनि छाती राखिदिने यी गोरेटाहरु,

बाजेले हरेकदिन लेख्ने गर्थे

हातमा ठेलाहरुले प्रेमपत्र

बज्यैले पढ्थिन् र छातीमा टाँस्थिन्

अनि पो तिम्रा बचपनहरु राजारानी खेल्न पाउँथे आफ्नै बारीमा,

समाएर बज्यैको नितम्ब धाएनन कुनै रेस्टुरेन्ट,

र पोखेनन बैशको सेखी ,

बरु चढेर रुखमा नुघाएर पिरतिको डाली

भरिदिन्थे बज्यैको डोकोमा

अनि पो तिम्रो लागी एक थान तृप्ती बोकेर बस्नेगर्थे चुलोहरु,

 

बाजेले हरेकदिन लेख्ने गर्थे

हातमा ठेलाहरुले प्रेमपत्र

बज्यैले पढ्थिन् र छातीमा टाँस्थिन्

अनि पो तिम्रा बचपनहरु राजारानी खेल्न पाउँथे आफ्नै बारीमा,

 

दुखको सिलौटोमा थिचिँदा सहन सिकेका बाजेले

कहिल्यै ऐया भनेनन् दुख्दा,

कहिल्यै खोजेनन् शितल चर्को घाममा,

कहिल्यै ओडेनन्  छाता झरीमा पनि,

बरु आफ्नो भागको काला दिनहरु

कोदो सम्झिएर निले खुत्लुक्क,

अनि पो बज्यैले कहिल्यै बेर्नु परेन कसैका दयाका धोती,

न बाजेले टेके सहयोगको टेको,

 

यसरी जोतेर जिन्दगिका बाँझो खेतहरु

फोरेर डल्ला,

सम्याउँथे बारी

त्यही बारीमा बज्यैले उमारिन काँक्राका झाल जस्ता आशाका त्यान्द्राहरु,

 

र खियाएर हाडहरु बाजेले ,

चुहाएर पसिना माटोमा

बाजेबज्यैले बनाएका हुन सपनाको घर!

जुन घरमा अटेको छ

बाजेबज्यैको पिरती,

खेताराहरुको मीत ,

माटोको माया,

सन्तानको माया,

सबथोक अटेको छ

मात्र अटेन माटो गन्हाउने तिम्रो सुगन्ध स्नायु,

फुलेका केशहरुलाइ आश्रम पठाउने तिम्रो मन र

प्रेम नबुज्ने तिम्रो प्रेम!

 

बज्यैले कमेरो माटोले “स्वागतम”

लेखेको गेटमा अचेल तिमिले एउटा बोर्ड टाँगिदिएका रहेछौ

“जग्गा बिक्रीमा छ”

 


 

क्रान्ती दिप पाण्डे(तिल्के)

इस्वरको अस्तित्व बोकेर भर्खर दुई खुट्टा चार तिर
नचाउन सिकेको भाइ,
एउटा रोटि समाउदै आमा लाई छुन्छ,
दिदी लाई छुन्छ,
असमान रुपमा रहेका सबै बस्तुलाई छुन्छ र समान अस्तित्व तुत्याइदिन्छ!
र बा नजीकै पुग्छ र पनि फर्किन्छ!

हो यसरी सुरु गराइन्छ !
चुलो बाट छाउपडिको क्रान्ति !!


 

चिया दिप पाण्डे(तिल्के) 

इस्वरको अस्तित्व बोकेर भर्खर दुई खुट्टा चार तिर
नचाउन सिकेको भाइ,
एउटा रोटि समाउदै आमा लाई छुन्छ,
दिदी लाई छुन्छ,
असमान रुपमा रहेका सबै बस्तुलाई छुन्छ र समान अस्तित्व तुत्याइदिन्छ!

एक दिउरी गफ गर्न

दर्जनौं कप माया पिएको भन न म कसरी बिर्सुं ,

 

तिमी त सजिलै बिर्सिइछ्यौ जो म सजिलै सम्झिरहेछु कि

तिम्रो एक चुम्बन उत्तर पाउन त्यो पुरानो भांडोमा चन्चल चन्चल गर्दै उम्लिएका मेरा थिए ती प्रस्नहरु,

 

मन त थियो तिम्रो चिनी जस्ता गुलिया कुरा म पगाल्न पाउँ दूध बनेर ,

जसमा मिसाउन सकुँ चियापत्ती जस्ता सुगन्धित प्रेमहरु,

 

प्रिय तिमी त सजिलै बिर्सिइछ्यौ त्यो  एक कप बाचा,

जो म आज पनि सम्झिएर ,

उ त्यो तिमिले चुमेको कप मा

हरेक चियाको जिन्दगी पिइरहेछु !

जुन कपमा तिम्रो लिपिस्टिकको डोभ छ!

प्रज्वल दीप 

 


प्रकाशित : २०७५ पुष ९, सोमबार १६:५६ गते

धेरै पढिएको

ताजा समाचार