
विनय सरगम
२०५२ साल फाल्गुन २९ गते दिन पिता धन बहादुर राई र माता लक्ष्मी राईको सुपुत्रको रुपमा बुइपा खोटाङमा जन्मिएका विनय सरगम हाल इटहरीमा बसोबास गर्दछन् । निरन्तर साहित्य सिर्जनामा साधानारत सरगम नेपाली साहित्यलाई आफ्नो जिम्मेवारी ठान्दछन् । उहाँसँग समकालिन नेपाली साहित्यको वरिपरी रहेर कुरा गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको संक्षिप्त अंश:-
बाटो किनार उम्रीएको झारमा भएँ
र,तिम्रो पाउ पाउजुको झंकारले बिउंझिएँ
समकालीन नेपाली कविता लेखनलाई नियाल्दा, भविष्यबारे भन्दा पनि भूत र वर्तमानबारे बढी लेखिरहेको पाउँछौ । यो किन भै‘रहेको होला ? समकालीन नेपाली कविताको भविष्य कस्तो देख्नुहुन्छ ?
धन्यवाद, शब्द नेपाल अनि कवि राजु जि।
प्रथमत: कविता एक चेत हो। जहाँ हामिले देखिरहेको समाज,हामिले बाँचेको समय-हाम्रो अनुभुती, हामिले देख्ने सपना यावत कुराहरुलाई वैचारिक/भावनात्मक कसिमा राखी शब्दहरुमा अभिव्यक्ति हुन्छ।
कविता कुन कालमा बढी लेखिएको छ भन्दा पनि कविताहरु वास्तवमा अहिले सुन्दर आइराछ, दि’रनुभाछ समकालिन कविहरुले। र, राम्रो कविता समयसंगै बाँचिरहनेछ।
४० को दशकदेखि ६० को दशकसम्म लेखिएका हाम्रा अग्रजहरुको कवितामा देश, जनता र समयले नचाहेको ध्वंसात्मक युद्द र त्यस युद्दले जनताको मनोभावनामा पारेको असर व्यथालाई मूर्त रुप दिएको देखिन्छ । ७० को दशकका कवितामा तपाईं के भेट्नुहुन्छ ? तपाईंको कविताले नेपाली समाजलाई कुन भविष्य तिर दिशानिर्देश गरिरहेको छ ?
कविता समयको स्केच पनि हो। र यो परिवर्तनशिल छ । जस्ले हरकोहिमा प्रत्यक्ष/अप्रत्यक्ष असर त पार्छ नै र, ति असरलाई हामिहरु फरक-फरक ढङ्गले अभिव्यक्त गर्छौं।
आदरणीय/अग्रज कवीलाई मेरो सम्मान साथै धन्यबाद। जस्ले हामिलाई त्यस समयको पुर्ण स्केच कवितामार्फत देखाइदिनुभयो।
कविता स्वतन्त्र हुनु पर्छ जस्को कुनै सिमा नहोस। तर पनि हामी बाँचेको परिवेशले प्रत्यक्ष असर त गर्छ नै ! हामिहरु हाम्रै परिवेश लेखिरहेका छौं।
कविता लेखनिमा समाज,समय, जिवनप्रती एउटा जिम्मेवारी हुन्छ। र त्यो भन्दा पर जहाँ अन्धकार पछि हुनेछ त्यहाँबाट उज्यालो प्रकाश देखिनेछ, हो त्यहाँ सुन्दर फुलहरु फुलिरहेको हुनेछ।
एक पक्ष भन्छन, “नेपाली शब्दकोष पातलो छ।“ अर्को पक्ष भन्छन, “नेपाली साहित्य अशुद्ध छ, भाषाको परिष्कार आवश्यक छ ।” तपाईं के भन्नुहुन्छ ? नेपाली साहित्यको खोट औंलाउनै पर्दा तपाईं आफूलाई कुन पक्षको पक्षदार भन्न रुचाउनुहुन्छ ?
नेपाली शब्दकोष पातलो छ भन्नु विल्कुल फजुल कुरा हो। यो त अर्थवान छ-गहकिलो छ ,सुन्दर छ। सायद,समय सँगसँगै भाषाको परिष्कार हुन जरुरी होला।
नेपाली साहित्यमा खोट औलाउनु भन्दा पनि नेपाली साहित्यको सुन्दर पक्षहरु हेरौं। अध्ययन गरौँ न। हैन र ?
प्रस्तुत छ उहाँको तीन कविता:-
ढुङ्गा – विनय सरगम
तिमिले छुइदिए पछि/भरोसा भएँ-म इश्वर भएँ
तिमिले कुँदिदिए पछि-म मुर्ती भएँ
तिमिले खातलाए पछि/घर भएँ-म पर्खाल भएँ
तिमिले बनाए पछि/कैले सुरक्षा भएँ-कैले हतियार भएँ
चुपचाप चुपचाप म बोलिरहेछु
सायद,तिमिले मेरो मौनतालाई
नसुनेको हुन सक्छ
हो म ढुङ्गा हुँ।
हिड्नु तिमि हिड्नु
मेरै छाती टेकेर हिड्नु
प्रेमिल जोडिहरु हात समाएर हिड्नु
सिकाउनु नबजात शिशुको पाइतालालाई
यिनै बाटोहरुमा हिड्नु
मलाई :तोडेर/किल्चेर हिड्नु
तिमि जिन्दगिभर हिंड्नु
म ढुङ्गा हुँ
म संग
ढुङ्गाकै आखाँहरु छन
ढुङ्गाकै कानहरु छन
ढुङ्गाकै आवाजहरु छन
तर,म संग सुन्दराताका रंगहरु तौलने
आखाहरु छैनन
बोल,कराउ,गाउ
म संग सुन्ने कानहरु छैनन
कहि कतै बिद्रोह बोल्ने
म संग आवाजहरु पनि छैनन
म ढुङ्गा हुँ।
तिमि आए पछि न हो
बद्लिएको मेरो रुप
जस्तो कि:-
तिमिले छुइदिए पछि/भरोसा भएँ-म इश्वर भएँ
तिमिले कुँदिदिए पछि-म मुर्ती भएँ
तिमिले खातलाए पछि/घर भएँ-म पर्खाल भएँ
तिमिले बनाए पछि/कैले सुरक्षा भएँ-कैले हतियार भएँ
तिमिलाइ लाग्दो हो कि
यो ढुङ्गा न हो
र यस्को मौनताकै साम्राज्य छ
यस्को लगि घडिका सुइंहरु पनि घुम्दैनन
र त यो चुपचाप चुपचाप छ
हो म ढुङ्गा हुँ चुपचाप चुपचाप
बोलिरहन्छु मेरा स्वरहरु
यदि सुन्यौं भने मेरो मौनतालाई
तिमिले नचिताएको म जे पनि हुनसक्छु।
“एक थोपा पानी” – विनय सरगम
कल्पन सक्छु कि!
म शीत हुन सक्छु
कोहि बलात्कृत नारीको आँसु हुन सक्छु
या त कसैको जवानी हुन सक्छु
हुन त म एक थोपा पानी न हुँ
म
शित हुन सक्छु
कोहि बलात्कृत नारीको आँशु हुन सक्छु
या त कसैको जवानी हुनसक्छु
हुन त म त एक थोपा पानी न हुँ।
कुनै सागरमा हुन सक्थें
नदि छेउ कुनै रुखको पातमा हुनसक्थें
छोडौं-
म तिम्रै बगैंचामा हुन सक्थें
तिम्रै आगनको दुबोहरुमा हुन सक्थें
तर भइदियो यस्तो कि-
बाटो किनार उम्रीएको झारमा भएँ
र,तिम्रो पाउ पाउजुको झंकारले बिउंझिएँ
तिम्रो लागी त म
बोलेरै नबोलेझैं अनि नबोलेरै बोले झैं
धड्किएरै नधड्किए झैं
देखेरै पनि त नदेखिए झैं भएं
म संग पनि छन् आंशु-संवेदनाहरु
म संग पनि छन् मुस्कान-खुशिहरु
मलाई मेरै हालतमा छोडिदिनु
तर अँह,नछोइदिनु मलाई …
म बिलाई जान सक्छु तिम्रा हातहरुमा
नहल्लाउनु मलाइ …
म खसिजान सक्छु यी पातहरुबाट
म
शित हुन सक्छु
कोहि बलात्कृत नारीको आँशु हुन सक्छु
या त कसैको जवानी हुनसक्छु
हुन त म त एक थोपा पानी न हुँ।
मेरा दिनहरु – विनय सरगम
प्रथमत: कविता एक चेत हो। जहाँ हामिले देखिरहेको समाज,हामिले बाँचेको समय-हाम्रो अनुभुती, हामिले देख्ने सपना यावत कुराहरुलाई वैचारिक/भावनात्मक कसिमा राखी शब्दहरुमा अभिव्यक्ति हुन्छ।
सहरको कुनै एक अप्रचलित क्याफेको
एक कुनामा बसेर कफि पि’रहेछु
यहाँ बाट म सुन्न सक्छु
हतारमा कुदिरहेको यात्रुबाहक बसको ध्वनी
जाममा फसेको कुनै मोटरसाइकलको हर्न
कुकुरहरुको कर्कस लाग्ने भुकाइ
यहाँबाट म देख्न सक्छु
घरको छतमा हल्लिरहेको झण्डा
साइकलमा सामान बेचिरहेको ब्यापारी
सायद अफिस हिडिरहेको हतार मान्छे
र यो पनि देखिरहेछु कि
बर्षौं अघि छुटिगएको
तिमि जस्तै लाग्ने प्रतिबिम्ब
आस्तब्यास्त छन
यहाँबाट सुनिने आवाजहरु
यहाँबाट देखिने दृश्यहरु
यहाँबाट देखिने सहर
र आजकल
यो मन पनि सहर भएकोछ।


