साहित्यकार ‘सविता’को निधन


चितवन, ८ पुस -भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी साहित्यकार हरिहर रेग्मी ‘सविता’को शनिबार राति निधन भएको छ ।६८ वर्षका सहित्यकार  रेग्मीको हिजो राति ११ः३० बजे आफ्नै निवासमा निधन भएको हो । उहाँ पछिल्लो समय मधुमेह, पेट र आँखाको समस्याबाट निकै पीडित हुनुहुन्थ्यो ।रेग्मीका एक श्रीमती, तीन छोरा र एक छोरी छन् ।

साहित्यकार इन्द्र रेग्मीले बताउनु भए अनुसार विसं २०२४ बाट साहित्यिक क्षेत्रमा लाग्नुभएका सहित्यकार रेग्मीका महाकाव्य, कथा, कविता, काव्य गरी सात पुस्तक प्रकाशित छन् ।

साहित्य सङ्गम चितवनका संस्थापकमध्येका एक रहनु भएका रेग्मी माओवादी निकट जनसांस्कृतिक महासङ्घको जिल्लाको पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य समेत रहनुभएको थियो । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ ।


प्रकाशित : २०७५ पुष ८, आईतवार १०:३८ गते

धेरै पढिएको

ताजा समाचार