खराब प्रदर्शनपछि माउरिन्हो ‘आउट’


एजेन्सी । यो सिजन इंग्लिश क्लव मानेचेष्टर यूनाईटेडका लागि विर्षन लायक छ । क्लवले निरन्तर खराब प्रदर्शन गरिरहेको छ । अब लिग जित्ने उसको कु सम्भावना कम हुँदै गएको छ । क्लवको निरन्तर खराब प्रदर्शन रहेपछि प्रशिक्षक जोसे माउरिन्हो पनि दबाबमा थिए ।

यही दबाबपछि पोर्चुगिज प्रशिक्षक माउरिन्होले म्यानयू छाडेका छन् । करिब साढे २ बर्ष ओल्डट्राफोर्डमा बिताएका माउरिन्होले क्लब छाड्ने निर्णय गरेका हुन् ।

लिगको पछिल्लो खेलमा चिरप्रतिद्वन्दी लिभरपुलसंग फराकिलो अन्तरले पराजित भएसंगै उनीमाथि थप दबाब बढेको थियो ।

प्रिमियर लिगका सफल प्रशिक्षकको फुटबल करियर पछिल्लो समय ओरालो लाग्न थालेको छ ।

लण्डन क्लब चेल्सीबाट बर्खास्तमा परेपछि उनलाई प्रिमियर लिगकै सफल क्लब म्यान्चेष्टर युनाईटेडले प्रशिक्षक बनाएको थियो । तर निरन्तरको खराब नतिजाले निराश बनेका माउरिन्होले क्लब छाड्ने निर्णयमा पुगेका हुन् ।

‘म्यान्चेष्टर युनाईटेड कामको समय उनले गरेको योगदानलाई धन्यवाद दिन चाहन्छ र उनको सफल भविष्यको कामना गर्दछ,’ क्लबद्वारा जारी बिज्ञप्तीमा भनिएको छ, ‘सिजनको अन्तिमसम्म हेर्नका लागि नयाँ प्रशिक्षक नियुक्त गरिनेछ । पुर्णकालिन प्रशिक्षकका लागि आवश्यक प्रक्रिया अघि बढाईनेछ ।’


प्रकाशित : २०७५ पुष ३, मंगलवार २१:२४ गते

धेरै पढिएको

ताजा समाचार