काठमाडौं । थाइल्यान्डमा आयोजित वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै नेपालले इतिहास रचेको छ । तर, स्वर्ण पदकको खुशीसँगै आयोजकको कमजोरीले गर्दा त्यसको विश्वभर चर्चा भएको छ । नेपाललाई त्यो गल्ती भने दाँतमा ढुंगा लागेझैं भएको छ । खेलाडीको सम्मानमा राष्ट्रिय धुन बजाउँदा त्यो मुलुकले गल्ती गरेको हो । स्वर्ण विजेता महेश्वर महर्जनको सम्मानमा राष्ट्रिय धुन बजाउँदा गम्भीर गल्ती भयो ।
नेपालले स्वर्ण जितेपछि पृष्ठभूमिमा रहेको ठूलो स्क्रिनमा नेपालको राष्ट्रिय झण्डा देखाइयो । अनि, उद्घोषकले नेपालको नेसनल एन्थम (राष्ट्रिय धुन) बज्ने घोषणा गरे । राष्ट्रिय धुन त बज्यो तर, अहिलेको नभएर पुरानो । राजतन्त्रकालिन ‘श्रीमान गम्भीर नेपाल’ को धुन बजाइयो । सो भिडियो सार्वजनिक भएसंगै अहिले त्यसको निकै चर्चा भएको छ ।


