ईपीएल भोली देखी सुरु हुने


काठमाडौं – नेपाली घरेलु क्रिकेटमा सर्वाधिक लोकप्रिय प्रतियोगिता टिभीएस एभरेष्ट प्रिपियर लिग ९ईपीएल० शनिबार देखी टियु मैदानमा सुरु हुदै छ । शनिबार उद्धघाटन खेलमा कप्तान पारस खड्का रहेको विराटनगर वारियर्सले ज्ञानेन्द्र मल्लले सम्हालिरहेका ललितपुर प्याट्रियट्सको सामना गर्ने छ । खेल दिउँसो १ वजेपछि टियू मैदानमा सुरु हुने छ ।विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाएको १९ खेल हुने प्रतियोगिता १५ दिनसम्म चल्नेछ ।
त्यस्तै विदेशी कमेन्टर, वेलायती चियरलिडर्ससँगै दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न कार्यक्रम आयोजना गरिनेछ ।दर्शकहरुका लागि लक्कि ड्र मार्फत हरेक दिन विभिन्न उपहार साथै छक्काको बल एक हातले क्याच लिए रु ५० हजार पाउने छन् । त्यसैले पनि ईपीएल विशेष हुने छ । ईपीएलको उपाधि राशी भने घोषणा गरिएको छैन । आयोजकले केहि दिनमा सार्वजनिक गर्ने बताएको छ ।


प्रकाशित : २०७५ मंसिर २१, शुक्रबार १९:४२ गते

धेरै पढिएको

ताजा समाचार