काठमाडौं– सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मनाङ मस्र्याङ्दी क्लबले लगातार छैटौं जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । मनाङको जितमा अञ्जन विष्टले पेनाल्टी गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको मनाङले खेलको दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ६२औं मिनेटमा अफिज ओलावालेलाई डिबक्सभित्र फल गरेपछि मनाङले पेनाल्टी पाएको थियो, जसमा अञ्जनले गोल गरेका हुन् ।जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै ६ खेलबाट १८ अंक बनाएको छ । पराजित जावलाखेलले भने ६ खेलमध्ये एक खेलमा जित एक खेलमा बराबरी र चार खेलमा हार ब्यहोर्दै ४ अंक बनाएको छ ।


