काठमाडौं । नेपाली फुटबल टिमका युवा स्ट्राइकर विमल घर्तिमगर ट्रायलका लागि भोली ९बुधबार० बेल्जियम जादै छन् ।च्यासल युथ क्लबबाट ए डिभिजन लिग फुटबल खेल्दै आएका विमल बेल्जियमको क्लबमा ट्रायल दिन जान लागेका हुन् ।मंगलबार बिमलले फेसबुकबाट च्यासल युथ क्लबका सबै खेलाडी तथा अफिसियललाई धन्यवाद दिदै सोचेअनुरुपको नतिजा नआएपनि आफ्नो डेब्यु ए डिभिजन लिगमा रमाइलो गरेको उल्लेख गरेका छन् । उनले आउने दिनमा च्यासलले राम्रो नतिजा निकाल्न पनि शुभकामना दिएका छन् ।विमल यसअघि नै बेल्जियम जाने मिति तय भएको थियो । तर केही प्राविधिक कारण उनको प्रस्थान केहिदिनसम्म रोकिएको थियो । यसअघि पनि ट्रायल दिइसकेका विमल यो पटक भने राम्रो गर्ने तयारीमा छन् ।


