सन्दीपलार्इ पहिले क्रिकेट खेल्न गाह्रो थियो, अहिले कलेजको भर्ना फारम भर्न


काठमाडौँ – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेटसँगै पढाइलार्इ पनि अगाडि बढाउने योजना बनाएका छन् । जसका लागि उनी मानविकी संकाय अन्तरगत स्नातक तह ९बीए० मा भर्ना भएका छन् ।उनले त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अनुसार मानविकी संकाय अन्तरगत स्नातक तहमा छान्नुपर्ने दुर्इवटा मुख्य विषयहरुमध्ये सोसियल वर्क र साइकोलोजी ९सामाजिक कार्य र मनोविज्ञान० विषय लिएर अध्ययन गर्न लागेका हुन् ।सन्दीप जेभियर इन्टरनेसनल कलेज कालोपुलमा तीन वर्षे कोर्षका लागि भर्ना भएका हुन् । टी-१० लिग सकेर फर्किएपछि सन्दीपले कलेजमा आधिकारिक रूपमा भर्ना फर्म भरेका हुन् । सन्दीपको भर्नाको फर्म भर्नेबेला कलेजले विशेष कार्यक्रमको आयोजना नै गरेको थियो ।टी-१० लिग अगाडि त्यसै कलेजको ब्रान्ड एम्बेस्डरसमेत बनेका सन्दीप र उनका म्यानेजर रमन सिवाकोटीलार्इ कलेजले स्वागत पनि गरेको थियो ।
फर्म भर्ने बेला उनले ठट्यौली पारामा पहिले क्रिकेट खेल्न गाह्रो थियो अहिले फर्म भर्न कठिन भएको बताए ।


प्रकाशित : २०७५ मंसिर १८, मंगलवार २१:३२ गते

धेरै पढिएको

ताजा समाचार