अष्ट्रेलियासँग खेल्नु अघि भारतलाई ठूलो झड्का,शाँ आउट !


एजेन्सी । भारतीय क्रिकेट टीम यति बेला अष्ट्रेलिया भ्रमणमा रहेको छ । ६ डिसेम्बरमा अस्ट्रलियाको एडिलोडमा शुरु हुने टेष्टका लागि भारतीय टीमलाई दुखद खबर छ । भारतीय टीमका यूवा ओपनर पृथ्वी शाँ अष्ट्रेलिया ११ सँगको अभ्यास खेलका क्रममा घाइते भएपछि उनी पहिलो टेष्टबाट आउट भएका छन् ।
अभ्यास खेलको तेस्रो दिन शुक्रबार डिप मिडविकेट बाउन्ड्रिमा क्याच गर्ने प्रयासमा उनको लिगामेन्टमा चोट लागेको थियो । चोट लागेपछि निकै पीडा भएको बताइएको छ । त्यसपछि उन ड्रेसिंग रुम फर्केका थिए । स्वास्थ्य जाँचमा उनलाई लिगामेन्ट इन्जरी भएको र पहिलो टेष्टका लागि उनी उपलब्ध नहुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले जनाएको छ ।


प्रकाशित : २०७५ मंसिर १५, शनिबार १९:२३ गते

धेरै पढिएको

ताजा समाचार