पल्सर सहिद स्मारक ए डिभिजन लिग : मनाङले सरस्वतीलाई हरायो


काठमाडौं – पल्सर सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युवा क्लबले २-० ले पराजित गरेको छ । मिडफिल्डर अन्जन विष्टले र ओलावले आफिजले १-१ गोल गरेपछि मनाङले सहज जित हात पारेको हो । यस जितसँगै मनाङले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ ।
गोलरहित पहिलो हाफपछि मनाङले अन्जनको गोलमा अग्रता लिएको थियो । अन्जनले ५५ अौं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उत्कृष्ट भली गोल गरे । ओलावाले आफिजले ७८ अौं मिनेटमा मनाङको अग्रता दोब्बर पारे । विमल राना मगरको लामो पासलाई पहिलो टचमा नियन्त्रण गर्दै आफिजले दोस्रो टचमा उत्कृष्ट फिनिस गरे ।यस जितसँगै मनाङले शीर्ष स्थानमा ३ अंकको अग्रता कायम गरेको छ ।


प्रकाशित : २०७५ मंसिर १५, शनिबार १७:०९ गते

धेरै पढिएको

ताजा समाचार