सन्दीपले गरे करियरकै खराव प्रर्दशन


यूएईमा जारी टी–१० लिग नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो करियरकै खराव प्रर्दशन गरेका छन् । सन्दीपले आज भएको पाँचौ खेलमा नर्थन वारियर्सबीरुद्ध २ ओभरमा ४७ रन खर्चेका हुन् । उनले फ्याकेका १२ बलमा आन्द्रे रुसेलले ३ र पूरनले ४ छक्का पह्रार गरे । सन्दीपको टिम ८ विकेटले पराजित भयो । सन्दीपले बलिङमा खराब प्रदर्शन गरेिग केरालाले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य वारियर्सले ७।२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित हासिल गरेको हो । वारियर्सको सहज जितमा निकोल्स पूरन र आन्दे रुसेलले आक्रमक ब्याटिङ गरे । पुरनले १८ बलमा ५ छक्का र २ चौका प्रहार ४३ रनमा नट आउट रहे । आन्द्रे रुसेल १० बलमा ४ छक्का प्रहार गर्दै २९ रनमा नट आउट रहे ।त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केरलाले २ विकेटको क्षतिमा १ सय १ बनाउन सकेको थियो ।


प्रकाशित : २०७५ मंसिर १३, बिहीबार १९:१९ गते

धेरै पढिएको

ताजा समाचार