एजेन्सी : वेस्ट इन्डिजमा भएको को आइसीसी टीट्वेन्टी महिला विश्पकप क्रिकेट प्रतियोगिताउपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार बिहान(स्थानीय समयअनुसार शनिबार राति) भएको फाइनल खेलमा इङ्ल्याण्डमाथि ८ विकेटको जित हात पार्दै अस्ट्रेलियाले चौथो पटक टीट्वेन्टी महिला विश्पकपको उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्याण्डको महिला टोलीले १९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो । १०६ रनको लक्ष्य अस्ट्रलियाको महिला टोलीले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
सेमिफाइनलमा अस्ट्रेलियाले पूर्वविजेता टोली वेस्ट इन्डिजलाई र इङ्ल्याण्डले भारतलाई पराजित गरी फाइनलमा पुगेका थिए ।
सन २००९ बाट सुरु भएको टीट्वेन्टी महिला विश्पकप को यो छैटौं संस्करण हो । ६ मध्ये यो सँगै अस्ट्रेलियाले ४ पटक उपाधि जितेको छ । इङ्ल्याण्ड र वेस्ट इन्डिजले एक–एक पटक उपाधि जितेका छन् । -अन्नपूर्ण पोस्ट 


