
O Henry
‘ओ हेनरी’ यानकी विलियम सिडनी पोर्टर ११ सेप्टेम्बर १८६२ मा ग्रीन्सबरो, उत्तर केरोलाइना जन्मिएका अमेरिकन लेखक हुन् ।
कसैले कथा लेखनको सूत्र माग्दा ‘कथाको अन्त्य सोच्नुस् र लेख्न बस्नुस् ।’ भन्ने गर्ने ‘ओ हेनरी’को अधिकांश कथामा एउटा चित्रको पूर्ण वर्णन हुन्छ । कथा अन्त्य हुँदा परिस्थिति ठयाक्कै त्यसको उल्टो भै’दिन्छ । मानवीय संवेदना, करुणा, प्रेरणादायी प्रेम अनि विडम्बनाका विविध आयामलाई उनी जसरी प्रस्तुत गर्छन्, त्यो अरूको कथामा दुर्लभ छ । ‘
ओ हेनरीको खास नाम थियो— विलियम सिड्नी पोर्टर । उनी एउटा बैंकमा काम गर्थे । पैसा हिनामिना गरेको आरोपमा पाँच वर्ष जेल बसे । यही जेल उनलाई वरदान साबित भै’दियो । उनले कथा लेखे र छाप्न पठाए ।
कसैले कथा लेखनको सूत्र माग्दा ‘कथाको अन्त्य सोच्नुस् र लेख्न बस्नुस् ।’ भन्ने गर्ने ‘ओ हेनरी’को अधिकांश कथामा एउटा चित्रको पूर्ण वर्णन हुन्छ ।
वास्तविक नाममा पठाएका भए सायदै एउटा कैदीका कथा छापिन्थे । तर जेलबाट निस्कँदा उनी विश्व विख्यात कथाकार भइसकेका थिए । उनले जम्माजम्मी दुई सय कथा लेखे । जति लेखे, मानवीय संवेदनाले भरिपूर्ण, अनुपम र अत्यन्त प्रेरणादायी कथा लेखे । ‘द लास्ट लिफ’, ‘द गिफ्ट अफ मेजाई’,‘ह्विर्लिगिग अफ लाइफ’ जस्ता कथाहरु उनका सर्वाधिक रुचाइएको कथाहरु हुन् ।
४६ वर्षको उमेरमा ५ जून, १९१० मा न्यूयॉर्कको अमेरिकामा उनको मृत्यु भएको हो ।
प्रस्तुत छ यिनै महान कथाकारको “सोपी” नामको यो कथा:-
“सोपी “
मेडिसन स्क्वायरको बेन्चमा सोपी अधीर बसेको छ । अब जाडोको मौसम आयो बह्न्ने त्यहाँ केहि संकेतहरु देखिन्छन् । चराहरु दक्षिणतिर उड्न थाले । आइमाईहरू गरम कोट किनिदेलान् भन्ने आशामा आफ्ना पतिको स्याहार गर्न थाले । अनि सोपी त्यही पार्कको बेन्चमा अधीर भएर बसेको छ । जब तपाई यी थोकहरु देख्नुहुन्छ तब जाडोको मौसम नजिक आएछ भन्ने बुझ्नुहुन्छ ।
सोपिकै खुट्टामा एउटा पात झर्यो । जाडोको मौसम आउंदैछ भन्ने यो उसलाई विशेष सुचना हो । मेडिसन स्क्वायरको त्यो पार्कमा बस्ने गरिबहरुले सर्दिबाट बाँच्ने व्यवस्था मिलाउनुपर्छ ।
सोपिले यो कुरा बुझेको छ । समय आइपुग्यो । जाडोबाट बाँच्नको निम्ति उसले केहि उपाय त् सोच्नैपर्छ । यसैले ऊ पार्कको बेन्चमा अधीर भएर बसेको छ ।
सोपिले हिउँदमा कुनै ठूलो काम गरुँला भन्ने आश गरेको होइन । जहाजमा चढेर टाढा देशमा जान उसले चाहेको छैन । दक्षिणतिरको गरम ठाउँमा जान पनि उसले विचार गरेको छैन । बस्,उसलाई त् तिन महिना ब्ल्याकवेलको जेलमा बिताउन पाए भैइगयो । तिन महिना सधैं खान पाइन्छ, तिन महिना चिसो हुरी र प्रहरीबाट बाँच्न पाइन्छ । सोपिले चिताएको यत्ति हो ।
धेरै वर्षसम्म ब्ल्याकवेलको जेल उसको हिउँदको घर भएको थियो । धनिहरु हिउँदमा टाढा टाढा ठाउँमा जान्छन् । तर सोपिले यहि जेलमा जाने सानो योजना बनाएको छ ।
अब समय आइपुग्यो । हिजो राती तीनवटा ठूला-ठूला खबरकागजहरु कुनै कोटमुनि,कुनै खुट्टामाथि राखेर राखेर सोपिले सुत्ने कोशिश गरेको थियो तर पार्कमा यसरी सुत्दा जाडो गएन । यसैले अब सोपिले केहि त् गर्नैपर्छ ।
शहरमा कति ठाउँ छन् जहाँ गएर उसले खानेकुरा माग्न सक्छ, सुत्ने ठाउँ माग्न सक्छ । उसले पाउन पनि सक्छ । घर घरमा गएर मागेर उसले हिउँद काट्न सक्छ ।
तर सोपी स्वाभिमानी छ । ऊ ति ठाउँमा जान चाहँदैन किनभने उनीहरुले उसलाई केके सोध्लान, घर-थर सोध्लान्, डेरी उसलाई नुहाउन लगाउन । सोपिलाई यस्तो मन पर्दैन् ।
उसको निम्ति जेल नै राम्रो हो । जेलमा उसले भलाद्मीकै जीवन बिताउन सक्छ ।
पैसा हिनामिना गरेको आरोपमा पाँच वर्ष जेल बसे । यही जेल उनलाई वरदान साबित भै’दियो । उनले कथा लेखे र छाप्न पठाए ।
वास्तविक नाममा पठाएका भए सायदै एउटा कैदीका कथा छापिन्थे । तर जेलबाट निस्कँदा उनी विश्व विख्यात कथाकार भइसकेका थिए ।
सोपी अब यो इच्छा पुरा गर्न अघि बढ्छ । यो इच्छा त्यसै पनि पुरा हुनसक्छ । त्यसै पनि जेल जाने काम गर्न सकिन्छ । एउटा ठुलो होटलमा जाऊ, बेसरी खाऊ अनि खाइसकेपछी पैसा छैन भन । बस्, पुलिस आउँछ उसले टुंगोमा पुराइदिन्छ – जेल ।
पार्क छाडेर सोपी बिस्तारै ब्रडवेतिर लाग्छ । एउटा विशाल उज्जर होटलमा ऊ पस्छ जहाँ धनि-मानी मानिसहरु भड्किला लुगा लाएर आएका छन् ।
सोपिलाई लाग्छ उसको लुगाफाटा राम्रै छ, अनुहार पनि सफाई छ, अब के के खाने उसले मनमा विचार गर्न थाल्छ अनि सम्पूर्ण खानेकुरा उसको मनमा नाच्न थाल्छ । बस्,अब टेबलमा पुग्न पाए सफलता उसकै हो ।
तर देव कस्तो ! सोपिले होटलमा खुट्टा टेक्नेबित्तिकै ढोकेले उसको फाटेको जुत्ता देख्छ अनि खुट्टा छोपेको पाइन्ट पनि देख्छ । ढोकेले बलिया हातले सोपिलाई समातेर मुन्टाउँछ ।
ब्रडवेबाट सोपी उल्टै खुट्टा फर्किछ । जेल जाने यो सजिलो उपाय काम लागेन । अब उसले अर्को उपाय सोच्नुपर्छ ।
निकै परको मोडमा ऐना नै ऐना भाको एउटा पसल छ । बत्तीहरु झिलिमिली छन् । एउटा ढुंगा टिपेर हानी भने ति ऐनाहरु फुट्छन् । पुलिस आउँछ अनि त् उसलाई पक्रेर लान्छ । सोपिले त्यसै गर्छ । ढुङ्गा टिपेर सोझै ऐनामा हान्छ । ऐनाहरु चर्ल्यामचुर्लुम फुट्छन । मान्छेहरु दौड्दै आउँछन् । पुलिस पनि आउँछ । सोपी चुपचाप उभीरहन्छ ।
“ऐना फोर्ने मान्छे कहाँ गयो ?’ पुलिसले सोध्छ ।
“मैले फोरेको हो भन्ने तपाईलाई लाग्दैन ?’ सोपिले भन्छ ।
तर पुलिसले सोइमाठी शंका गर्दैन् । ऐना फोर्ने मान्छे त्यसरी त्यहाँ उभिएर पुलिससँग त्यसरी कुरा गर्छ र ? त्यस्तो मान्छे त् भागिहाल्छ नि ! त्यति नै बेला त्यो पुलिसले अलिकति पर एउटा मान्छे दौड्दै गएको देख्छ । त्यो पुलिस पनि त्यसकै पछी-पछी दौडन्छ । सोपी निराश भएर बिस्तारै फर्कन्छ ।
सडकको पारीपट्टी उसले एउटा होटल देख्छ । ऊ त्यो होटलमा त्यहि लुगा लगाएर भित्र पस्छ । अहिले कसैले पनि उसलाई रोकेन । एकैछिनमा उसले खानेकुरा धमाधम खान थाल्यो । खाइसकेपछि वेटरलाई बोलाएर उसले के भन्यो भने पैससित उसको चिनजान छैन ।
“पुलिस झट्ट बोलाऊ ! भलाद्मीलाई नपर्खाउ ।“ सोपी कराउँछ ।
“तँलाई पुलिस चाहिदैन ।“ वेटर कराउँछ । वकि छिनमा वेटरले उसलाई समातेर बाहिर यसरी मिलकाउँछ कि मानौं ऊ थोत्रो चीज हो ।
निकै पर पुगेर सोपी अडिन्छ । त्यस पाखामा धेरै नाचघरहरु छन्, त्यस पाखामा बाटाहरु उज्याला छन्,झलमल्ल छन् । सोपिले विचार गर्छ, – ”किन कुनै पुलिसले उसलाई पक्रन चाहँदैन्?’
एउटा ठुलो नाचघर अगाडी एउटा पुलिस उभिरहेको हुन्छ, सोपी त्यहिँ पुग्छ । अब उसले केहि उपद्रो गर्ने विचार गर्छ । अनि सोपिले मातेको बाहना गर्छ र मातेको मान्छे जस्तो कराउन थाल्छ, बाटैमा नाच्छ, उफ्रन्छ,चिच्चाउंछ ।
पुलिसले सोपिलाई पिठिउं फ़र्काइदिन्छ र छेवैमा उभिरहेको एकजना मान्छेलाई भन्छ,- “यो कलेज पढ्ने केटो हो । यसले कसैको बिगार गर्ने त् होइन । यिनीहरुलाई नपक्रनु भन्ने हामीलाई आदेश छ ।“
सोपी चुप हुन्छ । दैव नै कस्तो । कुनै पनि पुलिसलाई उसलाई छुंदैन । उसले त्यो जेल सम्झन्छ जुन अहिले स्वर्ग जत्तिकै टाढा भएको छ । उसले आफ्नो पातलो फाटेको कोट राम्ररि सम्माएर ओढ्छ । बतास धेरै चिसो छ ।
अहिले उसले एउटा पसलमा एकजना मान्छेलाई केहि कुरा किन्दै गरेको देख्छ । उसले छाता ढोकाको छेउमा राखेको छ । सोपी पसलतिर बढ्छ,छाता टिप्छ र बिस्तारै हिंड्छ । त्यो मान्छे सोपिलाई पच्छाउदै आउँछ ।
“मेरो छाता !’ त्यो मान्छेले भन्छ ।
“अह ! हो ?’ सोपिले भन्छ, ‘पुलिस बोलाउँदैनौ ? मैले लगें तिम्रो छाता । पुलिस किन बोलाउँदैनौ ?”
त्यो मान्छे विस्तारै विस्तारै हिंड्छ, सोपिले त्यसै गर्छ ।
“म……….” त्यस मान्छेले भन्छ,”यस्तै हुन्छ,म………अहो ! यदि यो तपाइको छाता हो भने लानुहोस् । आजै बिहान मैलें यो छाता एउटा होटलबाट उठाएर ल्याएको हुँ ।“
“अँ,यो मेरो हो ।“ रिसले स्वर तिखो पारेर सोपी कराउँछ । छाता छोडेर त्यो मान्छे छिटो छिटो हिंड्छ । सोपी पूर्वतिर लाग्छ । सोपिले छाता रिसले एउटा नालामा फ्याकीदिन्छ ।
सोपी शहरको पूर्वतिरको शान्त बाटामा आइपुग्छ । यहाँबाट ऊ घुमेर आफू बसेको पार्कतिर जान्छ । ऊ अहिले घर जादैंछ । उसको घर कहाँ छ ! त्यहि पार्कको बेन्च नै हो उसको घर ।
एउटा सुनसान ठाउँमा आएर सोपी अडिन्छ । यहाँ एउटा पुरानो गिर्जाघर छ । झ्यालका रंगिन ऐनाबाट मन्द प्रकाश आइरहेको छ । त्यस गिर्जाघरबाट आएको मिठो संगीतको धुन सोपिका कानमा पर्छ र अहिले उसलाई मानौं त्यहिँ संगीतले समातेको छ ।
जुन लागको थियो । शान्त र उज्जवल । थोरै मानिसहरु हिडिरहेका थिए । रुखमा बसेर चराहरु कराएको उसले सुन्यो ।
गिर्जाघरबाट आएजी भजनले सोपिलाई असर गर्यो । उसले यो भजन धेरैअघि सुनेको थियो । त्यस बेला उसको जीवनमा धेरै कुरा थिए- आमा थिइन्, फूलहरु थिए, उच्च उद्देश्य थियो, साथीहरु थिए । राम्रा सुकिला लुगाफाटा थिए ।
झ्यालका रंगिन ऐनाबाट मन्द प्रकाश आइरहेको छ । त्यस गिर्जाघरबाट आएको मिठो संगीतको धुन सोपिका कानमा पर्छ र अहिले उसलाई मानौं त्यहिँ संगीतले समातेको छ ।
सोपिको मन बदलियो । उसको आत्मामा एउटा अचानक र अचम्मको परिवर्तन आयो । उ कति तल झरेको रहेच्छ अहिले त्यो सम्झेर ऊ डरायो । उसले आफूले व्यर्थमा बिताएका दिनहरु सम्झियो । अधम विचार, मरेको आशा सबै सम्झ्यो ।
अनि एक क्षणमै उसको हृदयले नयाँ आशा देख्यो । अब उसले आफ्नो जीवन सुधार्ने विचार गर्यो । यो दलदलबाट माथि निस्कने निधो गर्यो । फेरी राम्रो मान्छे बन्ने उसले अठोट गर्यो ।
अझै पनि समय छ । ऊ जवानै छ । जीवनको पहिलेको उद्देश्य र बाटो उसले खोज्नेछ र त्यसलाई पछ्छाउने छ । त्यो मधुर संगीतले उसको हृदयमा उथलपुथल ल्यायो । भोलि उसले नोकरी खोज्नेछ । एकपल्ट एउटा मान्छेले उसलाई काम दिएको थियो । भोलि त्यही मान्छेलाई ऊ खोज्नेछ । संसारमा ऊ राम्रो मान्छे हुनेछ । अब ऊ………………………………………. ।
सोपिलाई कसैले आफ्नो पाखुरामा समाएको जस्तो लाग्यो । फनक्क फर्केर हेर्दा उसले ठुलो अनुहार भएको एउटा पुलिस देख्यो ।
“यहाँ के गर्दैछस् ?” पुलिसले सोध्यो ।
“केहि पनि गरेको छैन ।” सोपिले भन्यो ।
“मलाई ढाटछस् ?” त् लफङ्गो होस् ।“ पुलिसले भन्यो ।
सोपिले पुलिससँग तर्क गर्यो,सम्झाउने कोशिश गर्यो । तर अमेरिकाको पुलिससँग तर्क गरेर साध्य छ र ?
“हिंड् ।” पुलिसले भन्यो ।
भोलिपल्ट बिहान न्यायधिसले सोपिलाई फैसला सुनायो, “तिन महिना जेल ।”


