आईपीएलको अक्सन १८ डिसेम्बरमा, नेपाली खेलाडीले पाउलान् मौका ?


जयपुर -आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सन डिसेम्बर १८ मा जयपुरमा हुने भएको छ । इन्डिया टिभीका अनुसार अक्सनमा मात्र ७० खेलाडी हुने छन् ।अक्सनमा ५० भारतीय र २० विदेशी खेलाडी सहभागी हुने बताइएको छ । यो सँगै नेपाली खेलाडीले यो संकरण खेल्न पाउने संभावना पनि समाप्त भएको छ ।
स्टार स्पोर्टस्का अनुसार बिसीसीआईले आधिकारीक रुपमा अक्सन सम्बन्धी कुनै खबर नदिएपनि फेन्चाईज ८ टिमलाई यस सम्वन्धी जानकारी दिई सकेको छ । त्यस्तै सन् २०१९ मा हुने आइपीएल भारतमा हुने वा भारत बाहिर हुने भन्ने अझै अन्यौल रहेको इन्डिया टिभीले जनाएको छ ।


प्रकाशित : २०७५ मंसिर ८, शनिबार १९:०८ गते

धेरै पढिएको

ताजा समाचार