काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले अर्को विभागीय टिम पुलिसमाथि संघर्षपूर्ण जित हात पारेको छ । शुक्रबार सादोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले पुलिसलाई १–० गोल अन्तरले हराएको छ । खेलको ३० औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको आर्मीले दोस्रो हाफमा पनि गोल गर्ने अवसर पाएको थियो । तर एकपछि अर्को राम्रो अवसर खेर पठाउँदा आर्मीले गोल गर्ने अवसर चुकाएको थियो ।
प्रकाशित : २०७५ मंसिर ७, शुक्रबार १९:३९ गते


