हाम्रो देश नेपाल जति भौगोलिक विभिद्ताका दृष्टिले सम्पन र विस्तृत छ त्यतिनै विभिन्न प्राकृतिक सुन्दरताले पनि छ । नेपालको प्राकृतिक सुन्दरता संसारकै निम्ति अनुपम र अद्भुत छ । आफ्नो यही अद्भुत सुन्दरताका कारण नेपाललाई विश्वकै एक सुन्दर र हेर्न लायक राष्ट्र मानिन्छ । आफ्नो प्राकृतिक सुन्दरताका साथैसाथै नेपाल विभिद्ताका निम्ति पनि निकै आकर्षक र रोचक छ। धार्मिक प्रयटनका निम्ति नेपाल निकै महत्वपूर्ण छ ।
आज यहाँहरुक सामु राख्दैछु जीवनमा पुग्नै पर्ने नेपालका प्रमूख ५ धार्मिक प्रयटकिय स्थलहरु:-
आफ्नो प्राकृतिक सुन्दरताका साथैसाथै नेपाल विभिद्ताका निम्ति पनि निकै आकर्षक र रोचक छ। धार्मिक प्रयटनका निम्ति नेपाल निकै महत्वपूर्ण छ ।आज यहाँहरुक सामु राख्दैछु जीवनमा पुग्नै पर्ने नेपालका प्रमूख ५ धार्मिक प्रयटकिय स्थलहरु
1. गोसाइँकुण्ड
नेपाल को रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् ।

Gosaikunda
जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्छन् । गोसाइँकुण्ड लाङटाङ राष्ट्रीय निकुन्ज भित्र रहेको छ । यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसर क्षेत्र भित्र समावेश गरिएको छ ।गोसाइँकुण्डमा सबैभन्दा ठूलो मेला जनैपूर्णिमामा लाग्छ।
२. जानकी मन्दिर
राजा जनकको कर्मभूमी तथा जगत्जननी जानकी माताको जन्मस्थल जनकपुरधामको रामायण , वेद ,पुराण ,उपनिषद र मिथिला माहात्म्यमा धार्मिक महत्वको संगै पवित्र धार्मिक तिर्थस्थलको रुपमा वर्णण तथा व्याख्या भएको छ । त्यस कारणले प्राचिन मिथिला नगरीको राजधानी जनकपुरधाम देश विदेशका हिन्दु एवं श्रद्धालु भक्तजनहरुका लागि पवित्र तिर्थस्थल बन्न गएको छ ।

Janaki Temple
यहा“ आयोजना हुने विवाह पञ्चमी ,रामनवमी,जानकी नवमी,झुला अन्तरगृह परिक्रमा , छर्ठपर्व तथा प्रत्येक महिना लाग्ने पूणिर्मा मेलामा देश विदेशबाट श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गरेको छ ।
जनकपुर नेपालको दक्षिण सीमाको मध्यपुर्वी क्षेत्रमा अवस्थित छ ।यहांको मुखय आकर्षा मन्दिर, देवस्थलर पोखरी हो । यो शहर धनुषा जिल्लाको सदरमुकाम पनि हो । रामायणबाट प्राप्त भौगोलिक जानकारीको आधारमा यो नगरको प्राचिनता प्रमाणित हुन्द, जसको पुष्टि बौद्ध -पाली) र जैन ग्रन्थहरुमा पाइने वर्ण्र समेत हुन्छ । प्राचिन र मध्य युगमा जनकपुर एक तिर्थस्थलको रुपमा विख्यात रहेको थियो । जैन ग्रन्थ मिथिलातिर्थकल्प र महाकवी विद्यापति-१४औं शताव्दी ) को भू-परिक्रमा भन्ने ग्रन्थमा यसको वर्ण्रमा भएको पाईन्छ ।
राप्ती अञ्चल अन्तरगत प्यूठान जिल्लाकोे स्वर्गद्वारीखाल गा.वि.स. वडा नं. २ मा अवस्थित स्वर्गद्वारी तपो भुमी समुन्द्र सतह देहि ७००० फीटको उचाईमा पर्दछ । २६०० रोपनी क्षेत्रफलमा यस आश्रम अवस्थित रहेको छ स्वर्गद्वारी मन्दिरलाई नेपालका प्राचीन मन्दिरहरूमध्ये एक मन्दिर मानिन्छ ।

SwargDwari
जिल्लाको सदरमुकाम खलंगा बाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो ।
पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको र भगवान ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ। स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । वैशाख पुर्णिमा , बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्दछ ।
४.मुक्तिनाथ
मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो ।मुक्तिनाथ १०८ दिव्य देशहरूमा एक स्थान हो । यो ‘दिव्य देश’ वैष्णवहरूको पवित्र मन्दिर हो । समुन्द्र सतहदेखि ३,७१० मीटरको उचाईमा नेपाल जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ मुक्तिनाथ ।

MuktiNath
यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) भन्दछन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्णव संप्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ । यो मुख्य रुपमा कालिगण्डकी नदिमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दु धार्मिक मान्यताको आधारमा यो यस्तो क्षेत्र हो,जहाँ मानिसहरुलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो ।
५. हलेसी महादेव
हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो सगरमाथा अञ्चल अन्तरगत खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छाप डाडाँ बाट पूर्व वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ ।

Halesi Mahadev
हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति , बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । हिन्दू धर्म बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथम्ली र रुपाकोट डाडाँ जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ।
सन्दर्भ स्रोत:
नेपालका घुम्नैपर्ने १३ गन्तव्य, Nepal Republic Media.


