!!’उल्लू’ !! ‘कथा ‘!! ‘आन्तोन चेखब’ !!


 

 

२९ जनवरी १८६० मा दक्षिणि रुसमा  जन्मेका आन्तोन चेखव विश्वकै सर्वोत्कृष्ट लघुकथाकार हुन् ।  उनको १५ जुलाई १९०४ मा क्षयरोग बाट जर्मनीमा मृत्यु भएको थियो ।  उनी आफुलाई साहित्यकार भन्दा ज्यादा  चिकित्सक मान्दथे र जीवनको अन्तिम अवस्था सम्म आफ्नो पेशामा आवद्द रहिरहे ।  Anton chekhav

विश्व कथाका महारथी भने केबल तीन जना छन् । ती हुन् :- रुसका  आन्तोन चेखब, फ्रान्सका गुई डी मोपासाँ र अमेरिकाका ओ हेनरी ।

“कथा लेखेर संसारभरि चिनिएका लेखकहरु त्  अनगिन्ती छन् । तर ति सब्बैका कथाहरु  उत्तिकै लोकप्रिय छैनन् ।  तर, विश्व कथाका महारथी भने केबल तीन जना छन् । ती हुन्— रुसका आन्तोन चेखब, फ्रान्सका गुई डी मोपासाँ र अमेरिकाका ओ हेनरी । यीभन्दा अगाडिका कथाकारले अधुरो छाडेको फ्रेम यी तीन जनाले पूरा गरे ।पछाडिका सारा कथा जानी नजानी यिनकै फ्रेमभित्र रहेर लेखिएका छन् । यिनका कथा नपढी संसारमा ज–जसले राम्रा कथा लेखेका छन्, ती पनि तिनका फ्रेमबाट मुक्त छैनन् ।” यस किसिमको लेख  अभय श्रेष्ठ ) छापिएको पनि थियो ।

चेखब नै संसारका त्यस्ता दुर्लभ कथाकार हुन् जो अत्यन्त तटस्थतापूर्वक मान्छेको इतिवृत्ति केलाउँछन् । मान्छेभित्रको करुणा र क्रूरतालाई उनले जति सायदै अरू कथाकारले नियालेका छन् । प्रस्तुत छ उनी महान कथाकार चेखबको एउटा रोचक(घोचक) कथा:- उल्लू


‘उल्लू’- आन्तोन चेखब

 

केहि दिनअघि मैले मेरा बच्चाहरुलाई हेर्ने र पढाउने आया जुलियालाई आफ्नो कोठामा बोलाएँ ।

“बस, जुलिया”-मैले भनें,”तिमीलाई पाउने पैसाको हिसाब गरौँ । तिमीलाई पैसा चाहिएको होला तर तिमीले मागीनौं । मैले तिमीलाई महिनाको तिस रुपियाँ दिन्छु भनेको थिएँ, होईन् ?”

“चालिस ।”

होइन, तिस । लेखिराखेको छु, आयालाई जहिले पनि मैले तीस दिने गरेको छु । तिमि यहाँ दुई महिनादेखि काम गर्दैछौ…।”

“दुई महिना पाँच दिन ।”

“होइन,पुरै दुई महिना । मैले त्यो पनि लेखिराखेको छु । त्यसको माने तिमीले साठी रुपियाँ पाउँछौ । नौवटा आइतबार घटाउ । तिमीले आइतबार कोलियालाई हेरिनौ । फेरी तिन दिन छुट्टी…..।”

जुलिया रातै भई अनि उसले आफ्नो पोशाकको फेर छोई । एल शब्द पनि बोलिन ।

“तिन दिन छुट्टी त्यसकारण बाह्र रुपियाँ घटाउ । चार दिन कोलिया बिरामी थियो, तिमीले वान्यालाई मात्र हेर्यौ । तिम्रो दाँत दुखेर मेरी स्वास्नीले तिमीलाई छुट्टी दिएकी थिइन। बाह्र र सात- उनाइस । उन्नाइस घटाउँदा तिमीले एकचालीस रुपियाँ पाउँछौ, होइन त् ?”

जुलियाको देब्रे आँखा रातो भयो । त्यहाँ पानी देखापर्यो । उसको चिउँडो काम्यो । उसले असजिलो मानेर खोकी तर एक शब्द पनि बोलिन ।

मान्छे यस्तो कमजोर पनि हुनुहुन्छ ? तिमीले किन विरोध गरिनौं ? किन चुपचाप बस्यौ ? यो संसारमा उल्लु जस्तो भएर पनि बाँच्न सकिन्छ ?”

“नयाँ वर्षको दिनमा तिमीले एउटा कप प्लेट फुतायौ । त्यसबाट दुई रुपियाँ घटाउ । कप र प्लेट महँगो छ । तैपनि मैले कम्ति नै घटाएं । मलाई यस्तो नोक्सान भएको मन पर्दैन । फेरी तिम्रै लापरवाहीले गर्दा कोलिया रुख चढ्यो र त्यसले ज्याकेट च्यात्यो । त्यो दश रुपियाँ पनि घटाउ । फेरी तिम्रै लापरवाहीले गर्दा नोकर्निले वान्याको जुत्ता चोरी । त्यसको पाँच रुपियाँ अझै घटाउ । सबै तिमीले हेर्नुपर्ने, होइन ?”

सबै हेर्नु भनेर तिमीलाई तलब दिएको हुँ । दश तारिख जनवरीमा मैले तिमीलाई दश रुपियाँ दिएँ…।

“दिनुभएन ।”- जुलियाले बिस्तारै भनि ।

“होइन, मैले लेखिराखेको छु ।”

“हुन्छ…….हुन्छ..।”

“एक चालिसबाट सत्ताइस घटाउ, चौध हुन्छ । होईन ?”

 

उसका दुवै आँखाबाट आँसु आए । उसको पातलो, सुन्दर नाकमा पसिना देखियो ।

“मैले एकपल्ट मात्रै पैसा लिएकी छु ।” कामको स्वरमा उसले भनि,-“त्यो पनि तपाईकी श्रीमतीबाट । तिन रुपियाँ, त्यो भन्दा बढी होइन ।”

“हो ? हेर त् मैले त्यो त् लेखेकै रहेनछु । चौधबाट तिन घटाऊ । एघार पाउछ्यौ । ल्याउँ,तिम्रो पैसा । पाँच,पाँच, एक । यहाँ छ ।”

मैले उसलाई एघार रुपियाँ दिए । उसले थापी अनि काम्दै गरेको हातले खल्तीमा हाली ।

“दया गर्नुभएकोमा धन्यवाद !” उसले विस्तारै दबेको स्वरमा भनि ।

म जुरुक्क उठेर कोठामा यताउता गर्न थाले । मलाई असाध्य रिस उठ्यो ।

“केको दया ?” मैले सोधे ।

“पैसाको लागि ।” उसले भनि ।

“तिमीलाई थाहा छ मैले तिमीलाई ठगेको छु । तिम्रो पैसा मैले चोरेको छु । अनि केको दया ?”

“अरु ठाउँमा त् एक पैसा पनि दिदैन् ।” उसले भनि ।

“केहि दिंदैन ?”

अहँ ।

“मैले तिमीसित ठट्टा गरको हुँ । तिमीलाई एउटा पाठ सिकाएको हुँ । म तिमीलाई जम्मै अस्सी रुपियाँ दिन्छु । यहि खाममा त्यो तयार छ । तर मान्छे यस्तो कमजोर पनि हुनुहुन्छ ? तिमीले किन विरोध गरिनौं ? किन चुपचाप बस्यौ ? यो संसारमा उल्लु जस्तो भएर पनि बाँच्न सकिन्छ ?”

उ अनौठो प्रकारले हाँसी । उसको भाव मैले बुझे,”सकिन्छ ।”

मैले उसित माफी मांगे र उसलाई अस्सी रुपियाँ दिएँ । उ छक्क परि । दयाको निम्ति”-धन्यवाद” भन्दै धेरैपल्ट गुनगुनाई अनि गई । मैले उ गएको हेरिरहें अनि सोचे,-“संसारमा कमजोरलाई कुल्चनु कति सजिलो छ !”

 


प्रकाशित : २०७५ मंसिर ४, मंगलवार १४:४६ गते

धेरै पढिएको

ताजा समाचार