!! ‘प्रश्नचिह्न’ !! कथा !! ‘शंकर लामिछाने’ !!


 

पिता हरिप्रसाद लामिछाने र माता राजकुमारीका जेठा छोराका रूपमा वि .सं. १९८४ साल चैत ५ गते काठमाडौंको जैसीदेवलमा शंकर लामिछानेको जन्म भएको थियो। उनी सानै छँदा उनको पिता तथा माताको संबन्ध चिसिएकाले आफ्नो दूधे भाइसँगै आमाका पछि लागेर मावलीघर ‘बनारस’ पुगे। 

चेतनप्रवाह शैलीलाई नेपाली निबन्धमा भित्र्याउने श्रेय उनैलाई दिइन्छ। लामिछानेका प्रयोगशील निबन्धमा बौद्धिकताको प्रखर चेत पाइन्छ। शब्द, शैली र प्रस्तुतिमा नयाँ प्रयोग गरिरहने लामिछाने मूलतः निबन्धकार हुन् । उनी कथा लेखनमा पनि उत्तिकै कुशलताका साथ कलम चलाउँथे । चेतन प्रवाह शैली(स्टि्रम अफ कन्सिअसनेस)मा बौद्धिक र चिन्तनपरक निबन्ध लेख्ने लामिछानेले  २०२४ सालमा एब्सट्राक्ट चिन्तन : प्याज’ निबन्धकृतिका लागि मदन पुरस्कार पाएका थिए । सो कृतिका साथै गोधूलि संसार(निबन्ध संग्रह), विम्ब प्रतिविम्ब(व्यक्तिकेन्द्रित निबन्धसङ्ग्रह), शंकर लामिछानेका निबन्धहरु, गौंथलीको गुँड (कथा संग्रह) शंकरका प्रकाशित कृति हुन् ।

हाकाहाकि मैले चोरेको (कृति नक्कल गरेको) हो भनेर सार्वजनिक रूपमा उदघोष गरे, जसका

कारण लामिछानेलाई नेपाली साहित्यले  एक निष्ठ लेखकको उपाधि दिएको छ। उनले ‘प्लेगियारिज्म्’ – ) साहित्यिक चोरीको आरोप सहजै स्वीकार गरे । माइकल कर्वीको लेखमा आधारित भनी लेखिएको ‘आभा 

गार्देको सौन्दर्यशास्त्र’ नामक लेखउपर कुमुदिनीले तेर्साएको तगाराले उनको लेखनयात्रामा पूर्णविराम लगाइदियो । तर अफसोच ! कुमुदिनीको हुन् ? हालसम्म बाहिर आउन सकेकी छैनन् ।

वि.सं. २०३२ माघ १० गते नेपाली साहित्य जगतले लामिछानेलाई गुमायो ! ४८ वर्षको अल्पायुमा ब्रेन ट्युमरको कारण उनको निधन भएको हो 

गौंथलीको गुँड’ कथाकृतिमा नपरेको शंकरको ‘प्रश्नचिह्न’ कथा हामीले शंकरले भारतको बनारसमा रहँदा लेखेका हुन् । प्रस्तुत छ कथा: प्रश्नचिह्न’  

 

प्रश्नचिह्न’

श्री सम्पादकजी,

कहानी पठाउनु भनी तपाईँको आदेश पाएँ । तर, आज केही दिनदेखि मनस्थिति बिग्रिरहेको छ । यसको कारण हो, मेरो एक मित्रको चिठी जो मैले अस्ति पाएँ । हामी सँगै पढ्यौँ, सँगै खेल्यौँ । तर राजु हामीभन्दा पहिले पनि भिन्न देखिन्थ्यो । उसको पिताजी दरबारी थिए । तेस्रो बाजी बिहा गरेर जन्मेको राजुले आफ्नो बाल्यावस्था पिताजीको काखमा बिताउन पाएन । आमा उसलाई जन्म दिएको केही समयमा नै परलोक भइन् । र ऊ पालियो पिताको एक साथीकहाँ । परदेशमा । काकाले उसलाई मित्रको हैसियतबाट पाले । र राज जहिले पनि थियो । उसले चाहेको पुग्न गाहारो थिएन – धनको विषयमा । तर, प्यार उसले पाएन ।

र आज उसको यस्तो पत्र पाउँदा – मलाई दुःख लागेको छ । र म त्यसको जवाफ पाउन सक्दिनँ । यो पत्र छापिदिनोस् । सायद कोही पाठकले तकलीफ उठाएर जवाफ दिहाल्नेछन् ।

भवदीय –

शंकरप्रसाद, ताहाचल ।

शंकर,

आज बिहानैदेखि एक किसिमको नरमाइलो लागिरहेछ । बितिसकेका जीवनका घटनाहरूको सम्झना अहिलेको अवस्था र भविष्य यी तीनै थोक एकैचोटि मगजमा घुमिरहेछन् । र असहाय भएर, एउटाबाट अर्कोमा आफ्नो विचार हुत्याउँदै गर्छु तर हरेकमा पीडा छ । बितिसकेका जीवनको दुःख मेटिइसकेछ – तिनमा सिर्फ मीठो बिझ्ने सम्झना छ । अहिले चलिरहेको जीवन कुन दिशामा जाँदै छ, थाहा छैन, त्यसमा अज्ञानता छ । भविष्य के हुन्छ, कसरी म आफूलाई एक स्थान बनाऊँ, यो सोच्न सक्दिनँ, दृष्टि धमिलिएको छ – अतः त्यसमा असमर्थता छ ।

शंकर लामिछाने

आज बिहानैदेखि मनमा आफूलाई पढ्ने भावना उम्रिरहेको छ । यो अज्ञानतालाई चिरेर – म देख्न सकूँ केही, यो इच्छा छ । र बिहानैदेखि जीवन-फिल्मको चक्कालाई उल्टो घुमाएर म झन्‌-झन् पुराना सिनहरू हेर्दै जान्छु । र एक प्रश्न  बारबार मेरो मनमा घुमिरहेछ, म त्यसलाई समाधान गर्ने कोशिसमा थिएँ । म किन यस्तो दुःखी छु – व्यतीत जीवनका हर अङ्गमा यो प्रश्नचिह्न ट्रेडमार्क झैं लागेको छ !!

वर्तमान जीवनको हरेक कुनामा यो प्रश्नमचिह्न झन् गहिरोसँग छापिएको छ ! मलाई आफ्नो जीवन अहिले एउटा पुरानो नोट जस्तो लागिरहेछ । मैलो, ठाउँठाउँमा च्यातिएको, असङ्ख्य हातमा परेर एउटा गरिबको हातमा पर्न आएको । ऊ त्यसलाई ओल्टाई-पल्र्टाई हेरिरहेछ । त्यसमा छापिएको रुपियाँको अंक अस्पष्ट छ, त्यसको पानीछाप धमिलिएको छ तापनि व्याप्त छ, त्यो पानी छाप नोटको जीवनी हो, एक इतिहास ! मेरो जस्तै । र त्यो गरिब सोचिरहेछ – यो नोट चल्छ ? मेरो प्रश्न जस्तै ।

र सबैभन्दा मुख्य छ – यसको रुपैयाँ भुक्तान माग्न आएमा सदर मुल्की खानाबाट मोरु… तुरुन्त पाइनेछ । नोट जन्मेको अड्डामा पुग्न गाहारो छ, धेरै दुःखदायी, तर सबै जान्दछन् नोट कहाँबाट आयो । …

 

बिजुली बत्ती बलेको सडकमा हिँडेको बेला के तैंले एउटा कुराको विचार गरेको छ – बत्तीको खम्बा अगाडि हुन्जेल क्या राम्रो लाइट छरेर सडकै उज्यालो पारेको हुन्छ । तर, त्यही खम्बा नाघ्नेबित्तिकै छाया अगाडि सरेर बाटोलाई झन् अन्धकार पारिदिन्छ । मेरो जीवन पनि यस्तै एउटा बटुवाको सफर हो । तर… सायद म रुकेको भए उनीहरूको ज्योति पाउन सक्थेँ होला । र रुक्नु त जीवन होइन, अब त्यो पनि अस्वाभाविक हुन जान्थ्यो ।

मनको यो भावना हटाउनकै लागि होटलतिर लागेँ । होटेलहरूको ख्याउँख्याउँमा एक किसिमको आनन्द हुन्छ । तर… भाग्यवश भनूँ या अभाग्यवश साथीहरू पनि रहेछन् । कुराको बहस मलाई नै केन्द्रित भएर उठ्यो । एउटाले भन्यो – ‘राजु केटाकेटीमा यति तेज, चलाख र हँसिलो थियो, आजकाल के भो ?’

मेरा केही मित्रहरू यस्ता पनि छन्, शंकर, जसले राजुको सिर्फ एक रूप देखेका छन्- हँसिलो । तिनीहरू सोच्दछन् राजु अत्यन्त सुखी छ, किनकि ऊ खुसी छ । तर जो मेरा धेरै नगीच छन्- र दुवै रूप जान्दछन्- उनीहरू जान्दछन् कि राजु गम्भीर हुँदै आएको छ ।

मोहनले भन्यो – “यत्ति इन्टेलिजेन्ट भएर पनि राजुले धेरै पढ्न सकेन । यही त सबैभन्दा दुःखको कुरा छ ! नपढ्ने कुरा पनि केही थिएन ।”

गोपालले भन्यो – “कलेजमा जब थियो, अत्यन्तै ब्रिलियन्ट थियो । हामीहरूले धेरै आश राखेका थियौँ । तर… सायद खल्तीको पैसा र यहाँको वातावरण सब यसका प्रतिकूल भए । यसमा राजु डुब्यो, पार हुन सकेन ।”

 

नोटलाई हातमा लिँदा हरेकलाई खुसी हुन्छ, तर सुख किन्न नोट बेच्नुपर्दा सबलाई दुःख पनि हुन्छ ।

“होइन ।”

“ठिटीहरू ?”

“अहँ, मलाई राम्ररी थाहा छ !”

“तब, सिर्फ एउटै कारण हुन सक्छ – स्नेहको अभाव ! यसले केटाकेटी बेलामा प्यार पाउन सकेन, र माया पनि त्यसबेला जब धेरै ढिला भैसकेको थियो । त्यसबेला जब ५ बजिसकेको थियो ।”

त्यस बखत यस्तो लाग्यो कि भईँमा मुङ्ग्रोले हानेर खेल्दाखेल्दै अकस्मात् हातमा चोट लागेझैँ मेरो हृदयको ठीक कमजोर ठाउँमा कसैले ढुङ्गा हान्यो । र बिहानैदेखि घुमिरहेको प्रश्न … त्यसले जवाफ पायो – स्नेह अभाव ।

मेरो जीवनको ट्रेजेडी आमाको छिटो मरण । र बाबुको साथी काकाको शुष्क हृदय । म काकालाई दोष दिन्नँ । किनकि मैले उनीसँग स्नेह पाइनँ यो भन्दिनँ । यो अन्तिम २ वर्ष उनले आफ्नो हृदय मेरो अगाडि राखेका छन् । तर… गोपालको अवस्था… त्यस बखत राजु ढुङ्गा बनिसकेको थियो । पानीले माथिल्लो सतह भिजाएर बगेर गयो भित्र पुग्न सकेन । काकाले मलाई एक मित्रको हैसियतबाट प्यार दिनुभो, न कि छोराले ।

हामी राजनीति, साहित्य, इतिहास, प्रेम र वासनामाथि गफ गर्थ्यौं । मेरो जितमा बधाई र मेरो हारमा अफशोच दिनुभो – एक मित्रले झैँ । तँलाई थाहै छ, मैले एक दिन वहाँलाई भनेँ – “म फलानी लड्कीसँग विवाह गर्न चाहन्छु ।” वहाँले भन्नुभो – “हुन्छ, तर मैले अठोट गरेँ कि ऊ सच्चा प्रेम गर्छे कि गर्दिन !” र उमाबाट निराश भएर एक दिन इतिहास बताउँदै मैले भनेथेँ- “म बिहा गर्दै गर्दिनँ, स्वास्नीमानिस धोकालु छन् ।” काकाले भन्नुभयो – “वासनाको भोकमा अन्धा भएर नहुत्तिनु । बिहे गर्नु-नगर्नु तेरो हातमा छ, तर राजु, बिहे गर्ने अगाडि सिर्फ २ कुरा विचार गरेस् । एक त एउटैसँग जीवन बिताउने प्रण र अर्को उसले तँलाई प्रेम गरेको होस् ।”

स्त्री चाहन्छे, पतिमा कठोर एवम् बलियो आश्रय । ऊ दबिन चाहन्छे, न कि दबाइन । ऊ चाहन्छे कोही आफ्नो मुठोमा (हृदयमा, जीवनमा) उसलाई बाँधोस् !

यत्तिको स्वतन्त्रता पाएर पनि, सबैभन्दा धोका पाएको छु स्वास्नी मानिसबाट । मेरा प्रेमहरूको श्रीगणेश राम्रो छ तर कठिन वाचा अत्यन्त नराम्रो । सायद यो मेरो असमर्थताकै दोष होला ! बिजुली बत्ती बलेको सडकमा हिँडेको बेला के तैंले एउटा कुराको विचार गरेको छ – बत्तीको खम्बा अगाडि हुन्जेल क्या राम्रो लाइट छरेर सडकै उज्यालो पारेको हुन्छ । तर, त्यही खम्बा नाघ्नेबित्तिकै छाया अगाडि सरेर बाटोलाई झन् अन्धकार पारिदिन्छ । मेरो जीवन पनि यस्तै एउटा बटुवाको सफर हो । तर… सायद म रुकेको भए उनीहरूको ज्योति पाउन सक्थेँ होला । र रुक्नु त जीवन होइन, अब त्यो पनि अस्वाभाविक हुन जान्थ्यो ।

त अँ, काकाले दिइराखेको यो स्वतन्त्रताले मलाई एउटा राम्रो मित्र बनायो । तर, एउटा असल पुत्र बनाउन सकेन । र आज मेरा सयकडौँ मित्र छन् र सबै मलाई चाहन्छन् – म उनीहरूलाई चाहन्छु । तर, म पति बन्न सकिनँ । त्यो शक्ति ममा उठ्नै पाएन । स्वास्नी मानिसहरूप्रति, म उनीहरूको प्रेम तुरुन्त पाउन सक्छु, तर टिकाउन सक्दिनँ । प्रेमी बनेर उनीहरूलाई प्रेम गर्न सक्छु, तर पति बनेर उनीहरूलाई स्नेह दिन सक्दिनँ । यहीँ त मेरो जीवनको ठूलो हार छ ! स्त्री चाहन्छे, पतिमा कठोर एवम् बलियो आश्रय । ऊ दबिन चाहन्छे, न कि दबाइन । ऊ चाहन्छे कोही आफ्नो मुठोमा (हृदयमा, जीवनमा) उसलाई बाँधोस् । स्वास्नीमान्छेमा शरण (resignation) को भावना हुन्छ र ऊ चाहन्छे लोग्ने मानिसमा आश्रय (possession) को । राजुमा त्यो (instinct, faculty) शक्ति छैन ।

नोट झैं ऊ एक हातबाट अर्को हातमा सरी, आफूलाई बेचेर, सुख दिन जान्दछ । जान्दैन त सिर्फ कसरी सुख किनिन्छ । नोटलाई हातमा लिँदा हरेकलाई खुसी हुन्छ, तर सुख किन्न नोट बेच्नुपर्दा सबलाई दुःख पनि हुन्छ । राजु खुसी दिन सक्छ, सुख दिन सक्दैन ।

हुन त, तँ भन्लास् नोटको सच्चा जीवन च्यातिएर चिथडा नहुन्जेल र सहर मुल्की खानामा त्यसको भुक्तानी माग्न नपठाइन्जेल हात साटिरहनु, खुसी दिइरहनु हो । कन्जुसको सेफमा बन्द हुनु होइन । तर… आफ्नो जिउमा, कागजमा तेल-मैलो लागेको देखेर नोटलाई के मलाई जस्तै थुनिन मन लाग्दो होइन होला ?

मलाई यस्तो किन मन लाग्छ ? किन ? किन ?

तेरो मित्र,

राजु


प्रकाशित : २०७५ मंसिर ४, मंगलवार १२:१८ गते

धेरै पढिएको

ताजा समाचार