सम्माननिय राष्ट्रपतिज्यू
शीतल निवास,काठमाडौं
‘बिन्ती पत्र’
उपरोक्त सम्बन्धमा हजुरले गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिको रुपमा दोश्रो कार्यकालको जिम्मेवारी वहन गरिरहनु(गर्न पाउनु)को पछाडि हजुरको दक्षता भन्दा बढी हजुरले राजनीति गर्दै आइरहनुभएको राजनैतिक दलप्रतिको योगदान,त्यो भन्दा केहि धेरै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नेपाली जनताको माग अनि सबैभन्दा ज्यादा मृत्युको कारण समेत रहस्यमा भएका बहुसंख्यक नेपाली जनताले रुचाइएका शहिद(मदन भण्डारी)को पत्नीको हैसियतनै हो भन्ने कुरा किटान गरेरै भन्ने हैसियत र सामर्थ्य त म राख्दिन।यो जिम्मेवारी यस् रुपमा पाउनुको कारणबारे हजुरभन्दा ज्यादा या बराबर जानकार तेस्रो पक्ष होला भन्ने आशङ्कासम्म नरहेपनि हजुरको अन्तरआत्माको ताजगिकरणका खातिर यो सवाललाई सुरुमै स्थान दिएको हुँ।
राष्ट्रपति जस्तो मान्छेले पलङमै हिरा मोति जडित शौचालय बनाएपनी अनौठो मान्ने छैन। हजुर मन्दिर भ्रमण जाँदा हजुर र हजुरका परिवारका सदस्यको जुत्ता चप्पल बोक्ने हैसियत भएका मान्छेहरुको बारे समाचार पढी र हेरिसकेपछी हजुरको निवास बनाउन कसैको प्रतिष्ठान सारिने कुरा बारे त मलाई बोल्नुनै छैन।
राष्ट्रपतिलाई कुनैपनि मुद्दा नलाग्ने कानुन सम्म बनाउने सोचिसक्नुभएको यहाँलाई रास्ट्रपतिका काम,कर्तव्य र अधिकारको वारे अवगत गराउनु लज्जास्पदनै हुन्छ।राष्ट्रपति कार्यालयले होकिन्सको कराई,फिलिपको हृयाण्ड ग्राइन्डर जस्ता जिनिस मगायो भन्ने समाचार पढ्दैमा अचम्म पनि लागेको छैन। राष्ट्रपति जस्तो मान्छेले पलाङमै हिरा मोति जडित शौचालय बनाएपनी अनौठो मान्ने छैन। हजुर मन्दिर भ्रमण जाँदा हजुर र हजुरका परिवारका सदस्यको जुत्ता चप्पल बोक्ने हैसियत भएका मान्छेहरुको बारे समाचार पढी र हेरिसकेपछी हजुरको निवास बनाउन कसैको प्रतिष्ठान सारिने कुरा बारे त मलाई बोल्नुनै छैन। एकेडेमी हटाएर हजुरकोलागि हेलिप्याड बन्नलागेको समाचार हेर्नेबितिकै भन्न मन लागेको थियो ‘राष्ट्रपतिलाई आवस्यक परे विमानस्थलनै बनाउन लगाउनु हुन्छ तिमिहरुलाई के को चासो?’
एकेडेमी हटाएर हजुरकोलागि हेलिप्याड बन्नलागेको समाचार हेर्नेबितिकै भन्न मन लागेको थियो ‘राष्ट्रपतिलाई आवस्यक परे विमानस्थलनै बनाउन लगाउनु हुन्छ तिमिहरुलाई के को चासो?
“प्रहरीको तालिममा हुने होहल्ला र फायरिङले राष्ट्रपतिलाई डिस्टर्ब” भन्ने शीर्षकको समाचार पढेपछि मननलागी-नलागी पाँचमिनेट रुन खोज्दापनी नसकेका मान्छे अरुपनि होलान् तर म पनि हुँ। “राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार” भन्ने समाचार पढेपछि भने थोरै अन्यौलतामा रुमलिएकै हो! पुर्व,पश्चिम,उत्तर,दक्षिण हजुरकै शुभचिन्तक,देशभर हजुरकै हुकुमलाई शिरोधार्य गर्ने जनता हँदाहुँदै कुन ग्रहबाट खतराको संकेत आयो भन्ने नबुझेकै हो। ‘राष्ट्रपति भन्ने पद दुश्मनले पाउने हो कि सर्वमान्य र सर्वप्रिय मान्छेले?’कसलाई सोधौँ जस्तो लागेरपनि कसैलाई सोधिन। राष्ट्रपतिले चाहेमा पुरै देशनै खाली गराउन सक्छन् भन्ने लागेपछि सडक खाली गरेर हजुरको सवारी भएको समाचार र आफैंले देखेका दृश्यलाई वास्ता नगरेकै हो। परिस्थितिले उत्तानो टाँङ लगाइसकेका,लगाउँदैगरेका र लगाउने पालो आएका म जस्ता आम जनताले घुँडा टेकाएर दसैंमा हजुरले लगाइदिनु भएको टीका प्रति अनावश्यक चासो नदिएकै राम्रो लाग्छ।
जो देशकै मालिक उसैलाई यति खर्च गर भनेर छुट्याउने को? बिरोध गरेर उफ्रने को? यस्ता समाचार छाप्ने को हुन् ? उनिहरुको हैसियत र औकात के हो? तिनिहरु कस्को देशमा बसेका छन् ? यि सबै कुराको अनुसन्धान गरि दोषी उपर हदैसम्मको कारबाही होस् !
अझ अहिले त “छुट्याइएको ४ करोडले नपुगेर १४ करोड थपगरी १८ करोडको गाडी राष्ट्रपतिको लागि” शीर्षकको समाचारले मेरो कन्पारो तातेको छ। जो देशकै मालिक उसैलाई यति खर्च गर भनेर छुट्याउने को? बिरोध गरेर उफ्रने को? यस्ता समाचार छाप्ने को हुन् ? उनिहरुको हैसियत र औकात के हो? तिनिहरु कस्को देशमा बसेका छन् ? यि सबै कुराको अनुसन्धान गरि दोषी उपर हदैसम्मको कारबाही(सर्वस्व सहित जन्मकैद/मृत्यु दण्ड)गर्न कुनै कानुन बाधक भए तत्काल कानुन निर्माणको हुकुम दिएर पालना गर्न लगाइयोस् साथै मिल्छ भने हजुरको जीवन रहेसम्म हजुरनै र हजुरको सेखापछी हजुरकै वंश या हजुरले चाहनु भएकै मान्छे राष्ट्रपति बन्ने नियमको घोषणा गरियोस् भनेर बिन्ती बिसाउँदछु तर बिन्ती गर्नुको कारण भने भन्ने हिम्मत भएन, लाग्छ सारा दुनियाँ जानकार छ हजुर त नहुने कुरै भएन।
मेरो बिन्तीपत्र प्रति मौसुफको चित्तदुखाई या केहि रिसानी भएमा मलाई पनि जो मनलागेको कारबाही गर्न सक्नु हुन्छ भन्ने जानकारी सहितको यो बिन्तिपत्र टक्र्याएको छु। मौसुफको जो इच्छा!
मौसुफको जय होस् !


राष्ट्रपति जस्तो मान्छेले पलङमै हिरा मोति जडित शौचालय बनाएपनी अनौठो मान्ने छैन। हजुर मन्दिर भ्रमण जाँदा हजुर र हजुरका परिवारका सदस्यको जुत्ता चप्पल बोक्ने हैसियत भएका मान्छेहरुको बारे समाचार पढी र हेरिसकेपछी हजुरको निवास बनाउन कसैको प्रतिष्ठान सारिने कुरा बारे त मलाई बोल्नुनै छैन।
