ए डिभिजन लिग : पुलिस बराबरीमा रोकियो


काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले बलियो मानिएको विभागीय टिम नेपाल पुलिससँग गोलरहित बराबरी खेल्दै अंक खोस्न सफल भएको छ । आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा विभागीय टिम पुलिसलाई मछिन्द्रले गोलरहित बराबरीमा रोकेको हो । मछिन्द्रले रक्षात्मक खेल खेलेको थियो ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । खेलअवधिभर बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा पुलिसले बराबरीमै चित्त बुझाउन पुग्यो ।


प्रकाशित : २०७५ मंसिर २, आईतवार १८:१८ गते

धेरै पढिएको

ताजा समाचार