—“भन्नै सकिएन”—भवानी भिक्षु !! कविता !!


पश्चिम नेपाल (लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लाको तौलिहवामा) (वि.सं.१९६६ जेठ २१ – २०३८ बैशाख ४ गते),  भवानी भिक्षु आधुनिक नेपालि कथाको फाँटमा  गुरुप्रसाद मैनाली र विश्वेश्वर प्रसाद कोइरालापछिका तेस्रा हस्ताक्षर हुन् । गुनकेसरी (२०१७), मैयाँसाहेब (२०१७), आवर्त (२०१४), अवान्तर (२०१४) लगायत उनका कथासङग्रहहरु प्रकाशित छन्।

भिक्षु अर्थात नोहरराम गुप्ता, सानामा रोगी थिए। घरको कहालीलाग्दो आर्थिक अवस्थाका कारण उनको वाल्यकाल झोक्राएरै बामे सर्यो। त्यसैताका उनलाई शितला माई (बिफर)ले आक्रान्त बनायो। जसका कारण उनी थला परे। त्यसपछि उनकी आमा उनकै गाउँ तौलिहवाको कालीमन्दिरमा पुगेर आर्तपुकारा गर्न थालिन्, ’हे साक्षात् देवी ! मेरो छोरोलाई केही नहोस्, चिरञ्जीवी होस्।’ अनेक बिलौना गरेर यशोदादेवी कलवार गुप्ता (भिक्षुकी आमा) घर फर्किन्। उनी देवीथानबाट घर पुग्दा भिक्षु  टुकुटुकु हिंडेर उनको स्वागतमा उभिएका थिए। आफ्नो थलापरेको छोरोको सप्रँदो अवस्था देखेर उनकी आमाका आँखामा हर्षका आँसु छच्ल्किन थाले। उनले अङ्गालोमा छोरो च्यापेर भनिन् ’मेरो बाबु ! तिमी देवीका कृपाले निको भयौ।’  यसरी उनी बिफर रोगले आक्रान्त भई मरणासन्न अवस्थामा पुगेका र आमा यशोदादेवीले काली भवानीसँग भिक्षा मागेर बचाएकी हुनाले उनको नाम भवानी भिक्षु रहन गएको हो भन्ने भनाई पनि सुनिन्छ ।

भवानी भिक्षु आधुनिक नेपालि कथाको फाँटमा  गुरुप्रसाद मैनाली र विश्वेश्वर प्रसाद कोइरालापछिका तेस्रा हस्ताक्षर हुन् ।

’आगत’ उपन्यासबाट साझा पुरस्कार र मदन पुरस्कार प्राप्त गरेका भिक्षु मुलत: छाया, प्रकाश र परिष्कारका कवी हुन् । आफ्ना अनुभूतिहरुलाई छाया र विम्बका रुपमा खेल्न अब्बल भिक्षुले  वेदना र उल्लासलाई पनि आफ्नो कथा/कविता/निबन्ध र उपन्यासमा उत्तिकै स्थान दिएको हामि भेट्न सक्छौ ।  भाषिक क्षमताको कुरा उठिरहदा भिक्षुलाइ कमजोर हो भनेरै ठोकुवा गर्नेहरु एकातिर छन् भने अर्कातिर तराइमा जन्मेका कारण रास्ट्रिय भाषासंग तालमेल नमिलेको मात्रै हो पनि भन्दछन ।

आर्थिक वैषम्य, अछुत समस्या तथा नारि विवशता जस्ता स्थितिलाई आंकलन गरि युगबोध अभिव्यक्त गर्ने भवानी भिक्षुको यो कविता यँहा प्रस्तुत गर्दछौ ।

 

 

—“भन्नै सकिएन”—

जब जीत भयो

अनि गीत फुटे

जब हार भयो

अनि अश्रु छुटे

सुख दु:ख होलान्

तर यस अल्झोमा

कविता कतिका आए ?

 

कतिका अनुपम

गाए कविले

अनुपम,सुन्दर-

ल्याए कतिले

जग त्यहि र वाणी त्यहि

प्रश्न-

‘निर्मुक्त’ र ‘निश्छल’ पाए ?

यतिका गाए

स्वर मात्र छले

यति लेखि –

मूक, असमर्थ चले

जग-जन(मन सागरका एउटै – लहरले अर्थ डुबाए ।)

 

अझ पनि कति कति-

तर्सेकै छन्,

हासेकै छन्,

तर्सिनु हास्नुको निहित दोष

कवि काव्य कथनले हराए ?

अव्यक्त ढले-

नि:स्वाश उडे-

लिई नि:श्वर मन

यी अश्रु, आह भन्छन्

अक्षरले-

उर् मुटुका सम्झाए

 

मेरा नजन्मिएका साथीहरुप्रति-

मित्र,

जो अझसम्म तिमि छैनौ

तर म,

जो तिम्रो साथी हु,

नि:सन्दिग्ध आत्मीय

कमसेकम तिम्रा प्रति भने-

छल स्वार्थ, लिप्सा हुने नसक्ने

प्रकृत्या प्रियपात्र ।

तिमि !

ए ! अहिलेसम्मका अनिस्तत्व स्नेहपात्र,

म जो आजको स्वीकृति हु

तर त्यसको हरेक दैनिक दर्ता-पत्रमा

अस्वीकृतिको अनुहार ।

जो म अस्तित्व हु

तर म ॐकार मात्रामा कल्पित ।

मसित मेरो छालाझैँ टास्सिएको

यो आज,

जो म इन्कार गरेका आँखा तर्दै

एंठीएर गैरहेको छ:-

औ तिमि मेरा साथी यस्ता-

जसको हावासम्मको पनि स्पर्श सहानुभूति

मलाइ प्राप्त छैन ।

 

यस्तो म र एक्लै-

तिम्रा लागि मुटु थुपार्दै

स्नेहको सम्पति संगाल्दैछु ।

र तिमीलाई के थाहा

यस कृत्यको लागि,

आफ्नो देश-युगमा

कति अमानवता अपमानकर यन्त्रणा

भोग्नु परेको छ ।

अफसोच,

ए अझै अस्तित्वहीन मेरा साथीहरु हो !

आज नत मसित मैत्री लिएर

दगाबाजी दिन्छन्

सुभावालाई कुभाव, प्यारप्रति घात

संस्कार पाएर

असंस्कृत दुराचरण

यँहा मेरो आजको प्राप्य भाको छ ।

र खेद,

यी हिमाल जत्तिकै असहनशिलता-

यत्तिकै लागि

कि मैले तिम्रा आगमन-स्वागतका लागि

तिम्रो मानवीयतामा-

विश्वास स्विकार गरेको छु ।

तिमि मेरा भाविष्यतम् प्रिय पात्रका लागि

प्राणको संचय संगाल्दै छु ।

तर मेरा यी मानवीय वंशज !

मेरा आउने साथीहरु हो !

तिमि जब हुनेछौ

उस बखत कदाचित् थाहै पाउन सक्तेनौ

कि तिम्रो कोहि साच्चिकैको मित्र थियो ।

जब म मरिसकेको हुँला

र तिमि मेरा यसै देशमा

फुली फाली रहेका होऔला ।

 

 

 


प्रकाशित : २०७५ मंसिर २, आईतवार १३:३७ गते

धेरै पढिएको

ताजा समाचार