एजेन्सी – आईसीसी० ले सार्वजनिक गरेको नयाँ टी– २० क्रिकेट बरियतामा नेपालका ३ खेलाडी शिर्ष १०० भित्र अटाएका छन् । नयाँ बरियतामा ब्याटिङ तर्फ कप्तान पारस खड्का एक स्थान माथि उक्लिदै ९३ औँ स्थानमा रहेका छन् । त्यस्तै यसअघि शीर्ष १०० मा अटाएका शरद भेषवाकर यस पटक अटाएका छैनन् । उनको स्थानमा भारतीय युवा खेलाडी ऋषभ पन्त रहेका छन् ।
त्यस्तै टी–२० क्रिकेटको बलिङतर्फ सोमपाल कामी दुई स्थान तल झर्दै ९४ औँ स्थानमा पुगेका छन् भने वसन्त रेग्मी एक स्थान तल झर्दै ७५ औँ स्थानमा रहेका छन् । टी– २० क्रिकेटको अलराउण्डर तर्फ पारस दुई स्थान तल खस्किएका छन् । नयाँ बरियतामा पारस ४१ औँ स्थानमा रहेका छन् । अलराउण्डर तर्फ सोमपाल कामी ३ स्थान तल झर्दै ६४ औँ स्थानमा रहेका छन् ।


