काठमाडौं – चौथो संकरणको पाकिस्तान सुपर लिगको डाफ्टमा नेपाली क्रिकेट टोलीका दुई सदस्य परेका छन्। तीव्र गतिका बलर तथा अलराउण्डर सोमपाल कामी र लेग स्पिनर सन्दीप लामिछाने टोलीमा परेका हुन् सोमपाललाई सिल्भर क्याटगरि विदेशी खेलाडीको सूचिमा राखिएको छ । त्यस्तै लेग स्पिनर सन्दीप लामिछाने भने गोल्ड क्याटगरिमा परेका छन् । आज जारी गरिएको ड्राफ्टमा खेलाडीलाई ५ क्याटगरीमा राखिएको छ । ड्राफ्ट नोभेम्बरमा २० मा इस्लामबादमा हुने जनाईएको छ । गोल्ड क्याटगरिका खेलाडीले कम्तिमा ५० हजार डलर प्राप्त गर्नेछन् । सिल्भर क्याटगरिका खेलाडीले न्युनतम २२ हजार अमेरिकी डलर पाउने प्रावधान रहेको छ ।


