घरेलु मैदानमै नेपाल पराजित,उपाधि जित्ने सपना अधुरै !


काठमाडौं – साफ यु–१५ फुटबल च्याम्पियनसिपमा आज भएको दोस्रो सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजिचत भएको छ ।

नेपाल ४–० गोल पराजित भएको हो । घरेलु मैदानमा जारी चौथो संस्करणको च्याम्पियनसिप फुटबलमा नेपाल भन्दा पाकिस्तान बलीयो टोलीको रुपमा हेरीएको थियो । खेलको पहिलो हाफ गोल रहितको बराबरीमा टुङगीएको थियो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको खेलको दोस्रो हाफमा पाकिस्तानले सुरुवाति गोल गरेको थियो । पाकिस्तानका इफ्तिखर अहमेदले खेलको ५३ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसपछि खेलको ५९ औं र ६८ औँ मिनेटमा मोहित उल्लाले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई ३ गोलले अग्रता दिलाए । यस्तै खेलको ७७ औँ मिनेटमा पेनाल्टीमार्फत नै मुदर्स नजिरले चौथो गाल गर्दै पाकिस्तानलाई ४–० गोल अन्तरले जित दिलाए । शनिबार पाकिस्ताले फाइनलमा बंगलादेशसंग खेल्नेछ ।

 


प्रकाशित : २०७५ कार्तिक १५, बिहीबार १९:२६ गते

धेरै पढिएको

ताजा समाचार