—“खूब हाेसियारीका साथ”—
खूब हाेसियारीका साथ
मुठ्ठीमा लिएथें जुनकिरीलाई,
एकपललाई साेचेथें
उज्यालाे मेराे कैदमा छ…
उज्यालो न हो,
लुकिबस्न कहाँ सक्थ्याे र!
निस्किगयो अाैंलाकाे कापबाट
चम्किन थाल्याे मेराे हात…
एकदिन अचानक
चम्किन लागे मेरा अाँखा पनि,
जब जब साेधियाे यसकाे कारण
केही बाेलिन म
केवल मुस्कुराईदिएँ…
सुन न !
तिमीलाई हाेसियारीका साथ
राखेकाे छु मन भित्र कतै
सबलाई बताईरहनु केहि जरुरी छैन,
छ र…!?
Niraj Bhattarai
प्रकाशित : २०७५ कार्तिक १३, मंगलवार १४:२५ गते


