- पठन प्रवृतिको विकास सृजनसिलताको अभ्यास- भन्ने उदेश्यका साथ २०७३ सालका स्थापित संस्था आभा for creativity ले मिति २०७५ असोज २० गते शनिवारका दिन कालिकास्थान स्थित सर्वनाम थिएटरमा आभा काव्य लहर २ सम्पन्न गरेको छ।उक्त कार्यक्रम गजल विशेष भएको छ | जसमा ५ जना गजलकार क्रमश एम् . पि क्यरलेस, हुकुम घड्कन, सुमन स्मारिका ,ईश्वर दाहाल र ठाकुर चुरेले आफ्ना गजल प्रस्तुत गर्नुभएको छ । कलाका विभिन्न पाटो साहित्य चित्रकला, प्रफमेन्स आर्ट,संगित तथा समाजसेवामा काम गरिरहेको आभा फर क्रेटिभिटिले आभा काव्य लहर शिर्षकको शृङ्खला असार देखी सुरु गरेको र कार्यक्रम हरेक तिन महिनामा आयोजना हुने यस शृङ्खलाका कार्यक्रम संयोजक राजु झल्लु प्रसादले बताउनु भयो।
प्रकाशित : २०७५ आश्विन २०, शनिबार १५:३९ गते


