पावर बैंक किन्दा के के कुरामा ध्यान दिनुपर्छ :-


स्मार्टफोनले आफुलाई जति सुकै परिस्कृत गरेर लगेपछि ब्याट्रि क्षमतामा भने स्मार्टफोनले अरु फंसनहरुमा जस्तो ब्यापक सुधार गर्न सकेको छैन । त्यसैले अधिकांश स्मार्टफोनका प्रयोगकर्ताहरुको पहिलो गुनासो भनेकै मोवाइलमा ब्याट्रि क्षमता धेरै नुहुन नै हो ।

यही समस्याका कारण मोवाइलमा भिडियो हेर्ने, गीत सुन्ने, फोटो र भिडियो खिच्ने जस्ता प्रयोगकर्तालाई पावर बैंक मोवाइलको ब्याट्रि क्षमता कम हुदाँ सर्वाधिक भरपर्दो साथीकै रुपमा रहेको छ । त्यसैले पनि अधिकांश स्मार्टफोनका प्रयोगकर्तासंग एउटा न एउटा पावर बैंक भएकै हुन्छ । यदी तपाईपनि स्मार्टफोनको ब्यट्रि क्षमता कम भएको कारण पावर बैंक किन्ने सोचाईमा हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ।

स्मार्टफोनको क्षमताको भन्दा बढी किन्ने:
पावर बैंक किन्दै हुनुहुन्छ भने एक पटक आफ्नो स्मार्टफोनको ब्याट्रि क्षमता थाहा पाउनुहोस् । अनि किन्दा सधै आफ्नो ब्याट्रि क्षमता भन्दा न्यूनतम पनि बढी क्षमताकै किन्नुहोस् । स्मार्टफोनको ब्याट्रि क्षमता भन्दा बढीको किन्दा तपाईले न्यूनतम पनि एक पटक भएपनि आफ्नो स्मार्टफोनलाई चार्ज गर्न सक्नुहुन्छ ।

ब्राण्डेन नै किन्नुहोला:
पावर बैंकको बढ्दो माग भएको कारण अहिले बजारमा धेरै किसिमका पावर बैंकहरु उपलब्ध रहेको छन् । ब्राण्डेड कम्पनीले कम क्षमता भएपनि केही बढी मुल्य लिन्छन् भने नन्ब्राण्डेडहरुले बढी क्षमताको दिएर पनि कम मुल्य लिने गर्छन् । ग्राहक झुक्किने भनेको नै यही हो । त्यसैले तपाईले हजारौं मुल्य पर्ने स्मार्टफोनलाई सधै बिश्वसनिय पावर बैंकवाट मात्र चार्ज गर्नु राम्रो हुन्छ ।

करेन्ट ड्र चेक गर्ने:
पावर बैंक किन्दा पावर बैंकमा रहेको करेन्ट ड्र पनि चेक गर्नुपर्छ । पुरानो स्मार्टफोनमा ब्याट्रि चार्ज गर्दा एक एम्पियर भन्दा बढी पावरको करेन्ट लिदैन । आजकालको नयाँ डिभाइसमा २.१ एम्पियर करेन्ट इन्पुटवाटै चार्ज हुन्छ । त्यसैले पावर बैंक लिनु भन्दा अगाडी आफ्नो मोवाइलमा लेखिएको करेन्ट ड्रलाई हेर्नुहोला । जहाँसम्म सकिन्छ भने दुई किसिमको युएसबी पोर्टस वान ए र २.१ ए पोर्ट भएको चार्जर किन्नु राम्रो हुन्छ । पावर बैंक किन्दा एमएएच हेरेको जस्तै गरेर करेन्ट ड्र पनि हेर्ने गर्नुपर्छ ।

ब्याट्रिको प्रकार पनि हेर्ने:
पावर बैंक किन्दा त्यसमा रहेको ब्याट्रि कुन किसिमको छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ । पावर बैंकमा रहेको ब्याट्रि दुई किसिमको हुन्छ लिथियम आयन र लिथियम पोलिमर । लिथियम आयन ब्याट्रि सस्तो हुन्छ र यो सजिलै पाउन सकिन्छ । लिथियम पोलिमर ब्याट्रि केही महंगो हुन्छ । त्यसैले पावर बैंकमाको मुल्य यही ब्याट्रिको कारण फरक हुन्छ । त्यसैले सकभर लिथियम पोलिमर भएको केही महंगो ब्याट्रि भएको पावर बैंक किन्नु नै बुद्धिमानी हुन्छ ।

सेफ्टी अप्सन पनि हेरौं:
पावर बैंक किन्दा त्यसको क्षमतालाई मात्र नभएर त्यसको निर्माण कत्तिको सुरक्षित रहेको छ भन्ने कुरालाई पनि ख्याल गर्नुपर्ने हुन्छ । कमजोर बनावट भएको पावर बैंकले स्मार्टफोनलाई पनि नोक्सानी गर्ने हुनाले राम्रो बनावट भएको र ब्राण्डेड पावर बैंकको प्रयोग गर्नु राम्रो हुन्छ ।

पावर बैंकको चेक गरौं:
अहिले बजारमा ५ हजार, १० हजार र २० हजार एमएएच क्षमताका पावर बैंकहरु रहेका छन् । कतिपय कम्पनीले यि क्षमता भन्दा पनि बढीको पावर बैंक रहेको दावा गर्छन् । यि क्षमता भन्दा बढीको पावर बैंक किन्नु भन्दा अगाडी उक्त क्षमता साँचो होकि गलत हो भन्ने कुराको चेक गर्नु राम्रो हुन्छ ।

पावर बैंक किन्दा यी कुरालाई पनि ध्यान दिऔं:
बजारमा अहिले धेरै किसिमका पावर बैंकहरु आईरहेका छन् । जसमा केही पावर बैंकहरु नक्कली पनि रहेका छन् । पावर बैंक नक्कली र सक्कली के हो भनेर परिक्षण गर्ने भनेको त्यसको तौल पनि हो । नक्कली पावर बैंक हलुका हुन्छ । त्यसैले हलुका लागेको खण्डमा नकिन्नु नै उत्तम हो । यो वाहेक किन्न लागेको पावर बैंकका इण्डिकेटर छ कि छैन भन्ने कुरा पनि हेर्नुपर्छ । यस्तो किसिमको इण्डिकेटरले पावर बैंक कति चार्ज भएको छ /छैन भनेर थाहा पाउन सकिन्छ ।


प्रकाशित : २०७५ आश्विन १, सोमबार १६:४४ गते

धेरै पढिएको

ताजा समाचार