कृष्ण आचार्यको पहिलो उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक


दाङ जन्मथलो भई काठमाण्डौंलाई कर्मथलो बनाएका कृष्ण आचार्य विगत एक दशकदेखि पत्रकारिता पेशामा आवद्व छन् । उनै आचार्यको पहिलो उपन्यास अप्रिल फुल सार्वजनिक गरेका छन् ।

उपन्यासकार कृष्ण धरावासी,गायक हेमन्त शर्मा,कवियित्री ज्योती जंगमद्वारा यस उपन्यासलाई संयुक्त रुपमा भाद्र २३ गते नेपाल प्रज्ञा प्रतिष्ठान डबलीमा विमोचन गरियो ।
युवा पुस्ताको मनोभाव र प्रेमलाई समाज र सामाजिक परिवेशसँग जोडेर प्रस्तुत गरिएको यो उपन्यास लेखक कृष्ण आचार्यको पहिलो उपन्यास हो । यस उपन्यासलाई यूरेका पब्लिकेशनले बजारमा ल्याएको हो ।


प्रकाशित : २०७५ आश्विन १, सोमबार १४:२३ गते

धेरै पढिएको

ताजा समाचार