सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिगमा


काठमाडौं । सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग क्रिक्रेट खेल्ने भएका छन् ।

उनलाई नान्गररले किनेको हो । आईसीसी एसोसिएट क्याटेगोरी अन्तर्गत छानिएका सन्दीप १५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन् ।
यो टिमको आइकोन प्लेयर आन्द्रे रसेल छन् । आगामी अक्टोबर ५ देखि २१ सम्म सारजाहमा हुने लिगमा पाँच टिम छन् । पाक्तियामा शाहिद अफि्रदी, काबुलमा रसिद खान, बल्खमा क्रिस गेल र कान्दहारमा ब्रान्डन म्याकुलम आइकोन प्लेयर छन् । आइकोन प्लेयरले एक लाख डलर पाउनेछन् ।


प्रकाशित : २०७५ भाद्र २८, बिहीबार १४:२८ गते

धेरै पढिएको

ताजा समाचार