अझै लोकप्रियता कमाउन टिक टक खोले: पल शाह


अहिलेका निकै चर्चित नायक तथा मोडल पल शाहले सरोज ओली द्वारा निर्देशित माया गरौला भन्ने गितको टिजर रिलिज भएको र गित रिलिज गर्ने मिति घोषण गर्न गरिएको पत्रकार सम्मेलनमा आफ्नो लोकप्रियता बढाउनको लागि टिक टकको अकाउन्ट खोलेको बताएका छन।

पल शाह अहिलेका निकै ब्यस्त कलाकार हुन् र उनले दर्शकबाट निकै माया पनि पाइरहेका छन् । तर सायद उनलाई दर्शकको माया अर्थात चर्चा धेरै चाइएको हो या के हो त्यो पल शाहले नै आगामी दिनमा बताउलान ? अहिले टिक टक स्टारहरुसंग चर्चित कलाकारहरुले म्युजिक भिडियो गर्ने क्रम पनि बढेको छ।

त्यस्तै टिक टक बनाएर गित चर्चित बढाउने प्रबिर्ती नै चलेको छ। यहि समयमा पल शाहको अभिव्यक्तिलाई पनि टिक टकमा १५ सेकन्डको भिडियो बनाएर गित हिट बनाउने कुरा संग जोड्न सकिन्।


प्रकाशित : २०७७ श्रावण १६, शुक्रबार १७:२२ गते

धेरै पढिएको

ताजा समाचार