आमा को निधन भएको ५ दिनमै अभिनेता इरफान खानको निधन


बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ ।

भारतको मुम्बइस्थित कोकिला बेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान उनको निधन भएको हो । खान दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनको निधन्ले बलिउडल्मा ठुलो क्षति पुगेको छ ।५ दिन घि मात्र उनकी आमाको निधन भएको थियो । खानले ‘लाइफ अफ पाइ’, ‘स्लमडग मिलिनियर्स’, ‘जुरासिक वल्र्ड’ जस्ता अन्तर्राष्ट्रिय स्तर्का निकै सफल फिल्ममा समेत अभिनय गरिसकेका थिए ।

धेरै बलिउड्का कलाकारले ट्वीटर लगायत सामाजिक सञ्जालमा उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । खान बलिउडमा निकै प्रतिभाशालि अभिनेताको रुपमा चिनिने गर्थे । थिएटरबाट फिल्ममा आएका खानले “लन्च बक्स”, “तलबार” जस्ता निकै सफल फिल्ममा काम गरिसकेका थिए । पछिल्लो समय ‘इंग्लिस मिडियम’ फिल्ममा पनि उनको अभिनय रहेको छ ।


प्रकाशित : २०७७ बैशाख १७, बुधबार १३:१२ गते

धेरै पढिएको

ताजा समाचार