चलचित्र ‘जानी नजानी’को डान्सिङ नम्बर ‘एउटीलाई मुटुमा घर’बोलको गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको थियो ।गीतमा अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर रहेको छ। गीतमा पोखरेल स्वयंमको सङ्गीत रहेको छ । गीतमा शब्द अम्बिका शर्माको रहेको छ भने कोरियोग्राफी कविराज गहतराजले गरेका हुन ।
बसन्त अधिकारीको निर्देशन रहेको चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ भने प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा, संवाद रहेको छ। चलचित्रलाई संजय लामाले छायाँकन गरेका हुन । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रमा रोशनी केसीको लगानी रहेको छ ।


