किरण चेम्जोङ उत्कृष्ट गोलकिपरको मनोनयनमा


काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङ मालदिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन् ।माल्दिभ्स फुटबल डटकम र फुटबल एसोसियशन अफ् मालदिभ्सले संयुक्त रुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोलकिपरको मनोनयनमा नेपाली गोलरक्षक किरण परेका हुन् । आउँदो पुस ३ गतेअवार्डको विजेता घोषणा गरिनेछ ।

किरण टिसी स्पोटर्स क्लबबाट मालदिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन् । उनकै टोलीले यस वर्षको लिग जितेको छ । उनीसँग मोहम्मद फैसल र सुजन परेरासमेत मनोनयनमा परेका छन् ।क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको छ । यसअघि नेपाली डिफेन्डर रोहित चन्दले पनि यसै हप्ता इण्डोनेसियामा उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका थिए ।


प्रकाशित : २०७५ मंसिर २६, बुधबार २०:४७ गते

धेरै पढिएको

ताजा समाचार