महानायक राजेश हमालले आफ्नो फेसबुक वालमा स्व. राजा विरेन्द्रको सामु आफूले मुन्टो झुकाएको फोटो हालेका छन् ।कातिर मुलकका प्रधानमन्त्री बिरुद्द इसाई धर्म प्रचारप्रसार गरेको आरोपमा विरोधमा आइरहेका छन् भने अर्कातिर देशका महानायकले स्व.राजा विरेन्द्रसँगको फोटो आफ्नो वालमा हालेर राजतन्त्र प्रति झुकाव देखाउन खोजेको देखिन्छ ।
महानायक राजेश हमालको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । नेपाली चलचित्र उद्दोगलाई व्यवसायिकरण गर्न हमालले प्रमुख भूमिका खेलेका हुन्। २ दशक भन्दा बढी समय अभिनय गरिसकेका हमाल अभिनियित ३५० भन्दा ज्यादा नेपाली फिल्महरु छन् ।
नेपाली चलचित्र क्षेत्रमा उनले गरेको योगदानको कदर गर्दै नेपाल फिल्म बोर्ड लगायतका संस्थाबाट उनि सम्मानित भै’सकेका चाहन ! जसमध्ये राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ । उनलाई यसै कारण महानायक भन्ने गरिएको छ । अभिनय क्षेत्र वाहेक समाज सेवामा पनि उनको सहभागिता रहेको छ ।
राजेश हमाल यस्ता नायक हुन् जो सोसल मिडियामा आफ्नो फ्यानहरुको कमेन्टसको रिप्लाई गर्नु साथै सबैलाई माया गर्छन । अहिले पनि उनले आफ्नो फेसबुकमा स्वर्गीय राजा वीरेन्द्रबाट पदक लिँदाको सम्झना गर्दै उनीसंग पाएको पदकको फोटो सार्वजनिक गर्दै लेखेका छन् ।
“स्वर्गीय राजा वीरेन्द्रबाट पदक लिँदाको सम्झना ।
मनपरे एक सेयर गर्नुहोला ।”


