मछिन्द्रलाई पाखा लगाउदैँ शेर्पा तेस्रो स्थानमा


काठमाडौं – हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा शेर्पाले मछिन्द्र क्लबलाई २–० ले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शेर्पाका लागि आशिष गुरुङले २१औं मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफमा शेर्पा १(० ले अगाडी रहेको थियो । ८९ औं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । यस जितसँगै शेर्पा अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । शेर्पाले ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोडेको छ । पराजित मछिन्द्र भने ४ खेलमा २ बराबरी र २ हारसँगै २ अंक जोडेको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको १२ अंक छ भने आर्मी शेर्पासमान १० अंक जोड्दै गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ ।

 

 

 

 


प्रकाशित : २०७५ मंसिर १२, बुधबार १५:०३ गते

धेरै पढिएको

ताजा समाचार