कृष्ण सापकोटाको अभिनयमा ‘बल्कोटे ठिटो’ सार्वजनिक {भिडियोसहित}


काठमाडौँ- अर्घाखाँचीमा जन्मिएर छोटो समयमै राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा मोडल कृष्ण सापकोटाको ‘ बल्कोटे ठिटो …’ गित सार्बजनिक भएको छ ।

अर्घाखाँचीको छत्रदेव गाँउपालिका बल्कोटमा जन्मिएका सापकोटाले ‘ कृष्ने मेरो नाम… ‘ दर्शक श्रोता माझ पठाएका सापकोटाले अहिले ‘ बल्कोटे ठिटो …’ सार्वजनिक गरेका हुन ।

बेला बेला फरक तरिकाले प्रस्तुत हुने सापकोटा यस पटक यो गीतमा पनि केही फरक दिएका छन् । विशेष त मोडलको रूपमा देखिने उनी पछिल्ला प्रस्तुतिहरुमा शब्द, स्वर हुँदै निर्देशनमा पनि हात हालेका छन् । बल्कोटे ठिटो उनकै निर्देशनमा भिडियो बजारमा आएको छ भने शब्द पनि सापकोटाकै रहेको छ ।

गीतमा स्वर गायक भीम लम्तरी मगर र गायिका कमला गरुङ्को रहेको छ लय भीम लम्तरी मगरले नै भरेका छन् । कमल सौरागको संगीत संयोजन रहेको छ ।

सापकोटा प्रोड्क्सनको ब्यानरमा निर्माण भएको भिडियोलाई हरिस महराले खिचेका छन् यस्तै सम्पादन नवीन घर्ती मगरको रहेको छ । भिडियोमा कृष्ण सापकोटा र सृजना रेश्मी मगरको दमदार अभिनय रहेको छ ।


प्रकाशित : २०७५ मंसिर १२, बुधबार १२:३४ गते

धेरै पढिएको

ताजा समाचार