‘भर्जिन’ ल्याण्ड /पश्चिम नेपाल


हरेक मान्छे जीबनकल  पोखरा , मुक्तिनाथ, मुस्तांग  अथवा लुम्बिनी एक पटक पुग्ने पर्छ भन्ने ठान्दछौ तर हामी कमैलाई थाहा होलापश्चिम नेपाल पर्यटकीय सम्भावना प्रचुर भएर पनि विदेशी पर्यटकको चहलपहल न्यून भएको क्षेत्र हो । जैविक तथा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सुन्दरताले यो क्षेत्र भरिपूर्ण छ  । आज हामी यहाँहरु सामु राख्दै छौ पश्चिम नेपालका पर्यटकीय सम्भावना बोकेर पनि  अरु ठाउँ भन्दा पछाडी परेका  केहि स्थानहरुको छोटो परिचय

बर्दिया राष्ट्रिय निकुञ्

 

क्षेत्रफल-९६८ वर्ग किलोमिटर

पहिला पहिला बर्दियाको बघौरा फांटमा राजाहरू बाघ तथा हात्तीको शिकारको लागि आउने गर्दथे। यहि क्रममा एकपटक शिकारको लागि आएका राजाले शिकारको लागि बाघ नपाएपछि त्यस क्षेत्रलाई राजाको शिकार क्षेत्रको रूपमा संरक्षण गर्न सुरूवात गरेका थिए। पछि त्यहि क्षेत्रलाई कर्णाली संरक्षण क्षेत्रको रूपमा चिनियो। 

नेपालको मध्यपश्चिममा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल फैलिएको छ । सन् १९६८मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो । सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ । ठाकुरद्वारा पुर्व-पश्चिम राजमार्गको अम्रेनी बाट दक्षिण तर्फ बाटो छुट्टिएको छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदिको पूर्व तिरको तराइ प्रदेशमा अवस्थित छ ।  पूर्णरूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देस्य बाघ तथा बाघको शिकारको संरक्षण भएपनि गैडा , घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पृथक तीन प्रकारको हावापानी हुने गर्दछ । आश्विन देखि फाल्गुण सम्म मौसम सुख्खा हुन्छ। बैशाख देखि असार महिना सम्म गर्मी मौसम हुन्छ, तापक्रम बढेर ४५‌ डिग्रि सेन्टिग्रेट सम्म पुग्ने गर्छ। त्यसपछिका महिनामा भारी बर्षातको मौसम शरु हुन्छ।

राराताल

क्षेत्रफल-१०.८ वर्ग किलोमिटर

रारातालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ।

राराताल  नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । रारा ताल नेपालको मुगु जिल्लामा अवस्थित छ । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगडी  बाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्सकिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५.१ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने अधिकतम गहिराई १६७ मिटर छ । प्रकृतिको अनुपम उपहार  राराताललाई रारा राष्ट्रिय निकुन्जमा पर्दछ ।निकुन्ज भित्रको  मनोरम हरियाली त्यहाँ पाइने कस्तुरी,रतुवा  जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

दिनमा रुप फेरिरहने रारा जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएरनिकै सुन्दर देखिन्छ। रारातालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ।तालबाट करीब तिन घण्टाको पैदल यात्रा गरे पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारातालको मोहक दृष्यका साथै सैपाल  हिमालको अवलोकन गर्न सकिन्छ ।

रारा ताल निकै सुन्दर छ तर जाडो हुन्छ। सबैभन्दा उत्तम भ्रमण गर्ने  समय सेप्टेम्बर / अक्टोबर र अप्रिलदेखि मईसम्म हुन्छ।

कृष्णसार
क्षेत्रफलः १६.९५ वर्ग कि.मि.
२०३२ आश्विनमा बाँके वर्दियामा कृष्णसार बाँकी छन् कि भन्ने बारे खोजी गरिदा  बर्दिया जिल्लाको खैरी पण्डितपुरको जंगल किनार आवादी क्षेत्रमा एउटा सिङ भाँचिएको एक बूढो भाले, एउटा वयस्क भाले, तीन वटा पोथी र चार बच्चाहरू समेत जम्मा ९ वटा कृष्णसार फेला परेका थिए

बर्दिया जिल्लाको खैरापुर क्षेत्रमा दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि गुलरिया नगरपालिका अन्तर्गतको १६.९५ वर्ग कि.मि. क्षेत्रलाई नेपाल सरकारले २०६५ फागुन २३ गते कृष्णसार संरक्षण क्षेत्रको रूपमा घोषणा गरेको हो  । कुल क्षेत्रफल मध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग कि.मि. छ  र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग कि.मि. रहेको छ ।

२०३१ सालमा बर्दिया वन्यजन्तु आरक्ष स्थापना भएको बेला बाँके, बर्दिया जिल्ला लगायत समग्र नेपालबाटै कृष्णसार लोप भइसकेको आशंका गरिएको थियो । बर्दिया वन्यजन्तु आरक्ष (हाल- बर्दिया राष्ट्रिय निकुञ्ज) खडा भइसकेपछि २०३२ आश्विनमा बाँके वर्दियामा कृष्णसार बाँकी छन् कि भन्ने बारे खोजी गरियो । त्यसबेला बर्दिया जिल्लाको खैरी पण्डितपुरको जंगल किनार आवादी क्षेत्रमा एउटा सिङ भाँचिएको एक बूढो भाले, एउटा वयस्क भाले, तीन वटा पोथी र चार बच्चाहरू समेत जम्मा ९ वटा कृष्णसार फेला परेका थिए । यसरी फेला परेका कृष्णसारको पूर्ण संरक्षणको लागि तत्कालै वन विभागको एक÷चारको सशस्त्र सुरक्षा गार्ड खटाई कृष्णसार संरक्षण चौकी खडा गरिएको थियो । सोही प्रयासको फलस्वरूप कृष्णसारको  संख्यामा वृद्धि भई हाल तिनको संख्या २८१ पुगेको छ ।

कृष्णसारलाई अङ्ग्रेजीमा Black-buck भनिन्छ भने वैज्ञानिक नाम Antilope Ceruicapra (एन्टिलोप प्रजाति) हो। यो बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा . २ खैरापुरमा मात्र थोरैको संख्यामा पाइन्छ। दुर्लभ र सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सिरु, काँस आदि हुन । हिन्दु धर्ममा यसलाई ‘भगवान श्रीकृष्णको साथी’ का रूपमा पनि लिइन्छ।

बागेश्वरी मन्दिर

देश मा केवल  दुई मन्दिरहरु छन जसमा शिवको जुँगा रहेको छ ।

नेपालगंजको बागेश्वरी मन्दिर नेपालको सबैभन्दा महत्त्वपूर्ण हिन्दू मन्दिरहरू मध्ये एक हो। बागेश्वरी मन्दिर नेपालगञ्जको केन्द्रमा रहेको छ।नेपालगञ्ज प्रदेश नं ५को सबैभन्दा ठूलो शहर। देवी बागेश्वरी  माता दुर्गा को प्रमुख शक्तिपिठ मानिन्छ। बागेश्वरी मन्दिर  संगसंगै  भगवान शिवको मन्दिर पनि रहेको छ ,जुंगेमहादेव । देश मा केवल यस्ता दुई मन्दिरहरु छन जसमा शिवको जुँगा रहेछ ।

बाँके राष्ट्रिय निकुञ्ज

क्षेत्रफलः ५५० वर्ग किलोमिटर

बाँके राष्ट्रिय निकुञ्जलाई कान्छो राष्ट्रिय निकुञ्ज पनि भनिन्छ

बाँके राष्ट्रिय निकुञ्ज नेपालको प्रदेश नं ५ मा    अवस्थित राष्ट्रिय निकुञ्ज हो। सन् २०१० जुलाई १ २मा नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको यो निकुञ्ज ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।बाँके राष्ट्रिय निकुञ्जलाई कान्छो राष्ट्रिय निकुञ्ज पनि भनिन्छ ।यहाँ बङ्गाल टाईगर हेर्न सकिन्छ ।

शुक्लाफाँट वन्यजन्तु आरक्ष 

शुक्लाफाँट बन्यजन्तु आरक्ष भन्नेवित्तिकै बाह्रसिंगेको बथान हेर्न जाने स्थानका रुपमा परिचित छ

शुक्लाफाँट वन्यजन्तु आरक्ष    नेपालको पश्चिम तराईको  कन्चनपुर जिल्लामा अवस्थित छ। शुक्लाफाँट वन्यजन्तु आरक्षलाई पहिला बि.सं. २०२६ ( सन् १९६९)मा शिकार आरक्षको रूपमा व्यवस्थापन गर्न शुरु गरीएता पनि यसले बि.सं. २०३३ ( सन् १९७६)मा वन्यजन्तु आरक्षको रूपमा मान्यता प्राप्त गर्‍यो।

दिनभर चरण  चरेर  आफ्नो बासस्थानतर्फ जाँदै गरेका सयौं बाह्रसिंगेहरु नजिकैबाट देख्न पाइन्छ शुक्लाफाँटमा । शुक्लाफाँट बन्यजन्तु आरक्ष भन्नेवित्तिकै बाह्रसिंगेको बथान हेर्न जाने स्थानका रुपमा परिचित छ ।साथै जंगल सफारी र अन्य जनावरको अवलोकन गर्न शुक्लाफाँटा पुग्नेहरु धेरै हुन्छन् । साँझको समयमा शुक्लाफाँट बन्यजन्तु आरक्षमा बाघ, खरायो, हात्ति, गैडा लगायत बिभिन्न प्रजातिका चराहरुसमेत हेर्न पाइन्छ ।


प्रकाशित : २०७५ मंसिर १०, सोमबार १८:०६ गते

धेरै पढिएको

ताजा समाचार