प्राबती सुनारको रोइला गीत ‘तिनपानेको तालैमा…’ बजारमा सार्बजनिक {भिडियोसहित}


काठमाडौँ- गायिका प्राबती सुनारको रोइला गीत ‘तिनपानेको तालैमा…’ बजारमा सार्बजनिक भएको छ । गायिका प्राबती सुनारलाइ गायक गोबिन्द चापागाईले साथ दिएका छन् ।

जगत गौडेलको शब्दलाइ टपक्क टिपेर गीतकार टेक बहादुर चापागाईले लय गरेका छन् । बिनोद बाजुरालीको संगीत संयोजन रहेको उक्त गीतको भिडियोमा मोडल पुजा गुरुङ र दिपक थापाको अभिनय देख्न सकिन्छ ।

समिर थोकरको कोरियोग्राफर तथा निर्देशनमा रहेको भिडियोको छायांकन रेशम दर्लामीले गरेका हुन् । भिडियोको सम्पादन प्रदिप दाहालले गरेका हुन् भने बजार ब्यबस्थापन थ्री स्टार मिडियाले गरेको छ ।


प्रकाशित : २०७५ मंसिर १०, सोमबार १४:५३ गते

धेरै पढिएको

ताजा समाचार