निर्देशक तथा मोडल शिशिर र पेसलाको अभिनयमा ‘सपनी मै ’ सार्वजनिक {भिडीयोसहित}


काठमाडौं – निर्मला चौहान र घनश्याम जोशीको स्वर रहेको गीत ‘सपनी मै ’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित गीत हाइलाइट नेपालको यु ट्युव मार्फत सार्वजनिक भएको हो ।

घाश्याम गौतमकै शब्द तथा टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो जनता डिजिटल एण्ड फिल्मले निर्माण गरेको हो । भिडियोमा शिशिर र पेसलाको अभिनय देख्न सकिन्छ ।

भिडियोमा शिशिर बझाङे ठिटोको रुपमा प्रस्तत भएका छन्, भने पेसला पुर्बेली ठिटीको रुपमा देखिएकी छन् । प्रेम, प्रेम पिडा तथा रोमान्स देखाइको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

भिडियोमा कोरियोग्राफ माला मगर र छायांकन दिपक गिरी एण्ड टिमको रहेको छ । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।


प्रकाशित : २०७५ मंसिर १०, सोमबार १४:१५ गते

धेरै पढिएको

ताजा समाचार