‘प्यारी नक्कली’ म्युजिक भिडियोमा केकी अधिकारि !


काठमाडौं – फिल्म निर्देशक अमर ओलीको निर्देशनमा आधुनिक गीत ‘प्यारी नक्कली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली फिल्महरू निर्देशन गर्दै आएका ओलीले पछिल्लो पटक म्युजिक भिडियो निर्देशन गरेका हुन् । ओलीद्वारा निर्देशन गरिएको फिल्म ‘आरोप’ रिलिजको अन्तिम तयारीमा छन् ।

गायक प्रमोद खरेलको स्वरमा रहेको ‘प्यारी नक्कली’ बोलको गीतलाई कृष्ण रोकाले संगीत दिएका छन् । गीतमा शब्द रोकाकै छ । गीतलाई एरेञ्ज विपिन आचार्यले गरेका हुन् ।

निर्देशक ओलीले बेला म्युजिक भिडियोमा निर्देशन गर्ने गरेका छन् । ‘गीत राम्रो थियो । समय पनि थियो’, ओलीले भने, ‘त्यसपछि टिम बनाएर छायाँकन गरियो ।’

म्युजिक भिडियोमा नायिका केकी अधिकारी, रविन्द र रामले अभिनय गरेका छन् । म्युजिक भिडियोका छायाँकार मुकेश हुमागाइँ हुन् । जनता डिजिटल एण्ड फिल्म प्रालिले म्युजिक भिडियोको पोष्ट प्रोडक्सन गरेको हो ।


प्रकाशित : २०७५ मंसिर ९, आईतवार १५:१० गते

धेरै पढिएको

ताजा समाचार