तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ? (भिडियो सहित )


धादिङ्गको –  सल्यानकोट गा.बि.स कार्की गाउँमा जन्मिएर विगत लामो समय देखि मोडलिङ तथा गायक क्षेत्रमा क्रियाशील तिर्सना बुढाथोकी केही समय यता निकै विवादमा आउने गरेकी छन् ।

विशेष गरी उनका तस्बिर र भिडियोहरुलाई लिएर बेला बेला उनी निकै चर्चामा आउछिन । हाल अमेरिकामा बस्दै आएकी बुढाथोकी दशैको शुभकामना दिन भन्दै लाइभमा आएर आफ्ना बक्षस्थलहरु देखाउदै आफू निकै हट र सेक्सी भएको भिडियोहरु आफ्नै यु ट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।

केही समय अगाडी पनि उनी बाथरुममा नुहाउँदै गरेको अर्धनग्न तस्बिर सार्वजनिक सञ्जालमा हालेर निकै विवादमा तानिएकी थिइन् फेरी उस्तै आलोचना र विवाद बढ्ने गरी भिडियो अपलोड गरेकी छन् । यस्ता कार्य प्रति कसले निग्रानी राख्ने सम्बन्धित निकायको ध्यान जाहोस ।

को हुन् तिर्सना ?

मोडलिङको क्षेत्रमा स्थापित हुन संघर्षरत नाम हुन् तिर्सना बुढाथोकी । हालसम्म करिब तीन दर्जन म्युजिक भिडियोमा काम गरिसकेको बताउने तिर्सना पछिल्लो समय भने म्यूजिक भिडियोबाट टाढा छिन् ।

‘मैले अचेल अफर नआएर म्युजिक भिडियो नखेलेकी होइन, अफर त मसँग अहिले पनि डंगुर छन्,’ तिर्सना भन्छिन्, ‘तर चित्तबुझ्दो पैसा यसमा नभएकाले गर्न मन नलागेको हो ।’ म्युजिक भिडियो खेलेर आउने पैसाले आफ्नो व्यवहार नचल्ने उनको भनाइ छ ।

तिर्सना सामाजिक सञ्जालमा अर्द्धनग्न तस्वीरहरु राखेर चर्चा र विवादमा आउने गरेकी छिन् । तिर्सनाका तस्वीरहरुलाई आपत्तिजनक मानेर फेसबुकले उनको अकाउन्ट केही समय ब्लक गरिदिएको थियो । तर अहिले फेरि खुल्ला भएको छ । उनी ट्वीटरमा पनि सक्रिय छिन् । पछिल्लो समयमा लेखेका ट्वीटहरुले आफूलाई राष्ट्रभक्तका रुपमा चिनाउँदै गएको उनी बताउँछिन् ।‘मेरा सबै ट्वीटहरु राष्ट्रका नाममा समर्पित छन् । अहिले न्यूड बडी पेन्टपछि मेरो देशभक्त छवि अझै उँचो बनेको छ,’ उनले भनिन् ।तिर्सनाका नाममा एउटा अश्लील अन्तरवार्ता पनि विभिन्न अनलाइनहरुमा छ्याप्छ्याप्ती बनेको थियो । यद्यपि सो अन्तरवार्ता आफूले नदिएको तिर्सनाले बताएकी छिन् ।

उक्त बनावटी अन्तरवार्ता प्रकाशित गर्ने अनलाइनहरुमाथि प्रहरीमा उजुरी गरेको र उनीहरुलाई माफी माग्न लगाएको पनि तिर्सनाले बताइन् ।तिर्सनाका पिता एक रिटायर्ड प्रहरी अधिकृत हुन् । आफ्नो कामप्रति परिवारको समर्थन र सहयोग रहेको बताउँछिन् उनी ।‘म टाइममा घरबाट निस्किन्छु, टाइममा फर्किन्छु,’ उनी भन्छिन्, ‘बाहिर जेजस्ता अफवाहहरु भए पनि म असल छोरी हुँ भन्ने परिवारलाई थाहा छ । पहिले-पहिले अलिकति चिन्ता लिनुहुन्थ्यो । अहिले मेरो प्रोफेसनलाई राम्ररी बुझिसक्नुभएको छ ।’


प्रकाशित : २०७५ मंसिर ७, शुक्रबार २०:२५ गते

धेरै पढिएको

ताजा समाचार