काठमाडौं- भारतीय कलाकार तथा नायिका निया शर्मा एशियाको दोस्रो सेक्सी महिलाको स्थानमा परेकी छन्। निया सिरियल, रियालिटी शो र वेबसिरिजमा काम गरिसकेकी छन्। उनी आफ्नो हट फोटोसुटका लागि पनि चर्चामा छाइरहिन्छन् ।
निया शर्मा मनोरञ्जन जगतको चर्चित नाम हो । उनको टेलिभिजन करियरको सुरुवात ‘काली–एक अग्नि परीक्षा’ बाट सुरु भएको थियो । त्यसपछि उनी टेलिसिरियलमा काम गरेकी छन्। सन् २०१४ देखि २०१६ बीच नियाले रोशनी पटेलको भूमिका निभाएकी थिइन् । उक्त सिरियलको नाम थियो जमाई राजा ।
त्यसपछि खतरोंका खेलाडीको आठौं सिजनमा निया शर्मा देखिएकी थिइन् । त्यसपछि उनको ग्ल्यामर र पहिचानले नयाँ उचाईं पायो । ईश्कमे मरजावां सिरियलमा नियाले आरोही कश्यपको भूमिका निभाइरहेकी छिन् ।
सन् २०१७ मा एशियाको ५० सबैभन्दा सेक्सी महिलाको सूचीमा नियाले दोस्रो स्थान हाँसिल गरेकी थिइन् । यसअघि सन् २०१६ मा उनी तेस्रो स्थानमा थिइन् ।
सन् २०१५ मा नियाले विभिन्न फेशन इभेन्टसम्बन्धि काम गरेर नाम कमाइन् । मोडलिङ, ग्ल्यामर र हटनेसको मामलामा उनले थुप्रै बलिउड नायिकालाई पनि पछि पारेकी छिन् ।




