युट्युब रिलिजको दुई दिनमा ‘घामपानी’ ट्रेन्डिङमा


काठमाडौं – नेपाली कथानक चलचित्र ‘घामपानी’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा एक नम्बरमा आइपुगेको छ । युट्युब रिलिजको दुई दिनमा ‘घामपानी’ ट्रेन्डिङमा एक नम्बरमा उक्लिएको हो ।

समीक्षक दीपेन्द्र लामाले चलचित्र ‘घामपानी’ लाई निर्देशन गरेका हुन् । अन्तरजातीय प्रेम सम्बन्ध ‘घामपानी’ को मुख्य कथा हो ।

दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र नयाँ वर्षको छेको पारेर ०७४ वैशाख १ गते हल रिलिज गरिएको थियो ।


प्रकाशित : २०७५ मंसिर ६, बिहीबार १२:५९ गते

धेरै पढिएको

ताजा समाचार